संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

काउन्सिलका पू्र्व कार्यवाहक अध्यक्ष बुढाथोकीको बिदाइ

काठमाडौँ ।

प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य पूर्व कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीलाई सम्मानसहित आगामी दिनमा सफलताको कामना गर्दै बिदाइ गरिएको छ । चार वर्षअघि मन्त्रीपरिषद् निर्णयबाट सदस्यमा नियुक्त हुनुभएका बुढाथोकीको कार्यकाल यही साउन ८ गते सकिएको हो । बुढाथोकी मिति २०७७ असोज ९ गतेदेखि २०७८ जेठ २२ गतेसम्म कार्यवाहक अध्यक्षका रूपमा कार्यरत हुनुहुन्थ्यो ।

बुधबार काउन्सिलमा आयोजित कार्यक्रममा बुढाथोकीलाई सम्मान गर्दै काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले आगामी दिनमा समेत बुढाथोकीको साथ र सहयोग रहने अपेक्षा व्यक्त गर्नुभयो । संस्थागत र नीतिगत सुधारका लागि कार्यवाहक अध्यक्ष र सदस्यका हैसियतमा बुढाथोकीले गरेको काम र प्रयासलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै अध्यक्ष बस्नेतले बुढाथोकीले नेपाली पत्रकारिता र त्यसमा पनि छापा पत्रकारिताका लागि गरेको योगदान अतुलनीय रहेको स्मरण गर्नुभयो । उहाँले काउन्सिलको प्रत्यक्ष भूमिकामा नरहे पनि सक्रिय पत्रकारितामा बुढाथोकीको योगदान अझै प्रभावकारी रहने विस्वास व्यक्त गर्नुभयो ।

काउन्सिलका सदस्य दुर्गा भण्डारीले काउन्सिलको संस्थागत विकासका लागि बुढाथोकीले गरेको योगदानको स्मरण गर्दै काउन्सिलको अभिभावकका रुपमा सदैव सम्झिरहने बताउनुभयो ।

यस्तै सदस्य एवं नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पदमा रहँदा वा नरहँदा सरकार र पत्रकारसँगको सम्बन्धलाई प्रभावकारी बनाउन खेलेको भूमिका स्मरणीय रहेको बताउनुभयो । संस्थागत सुधारका लागि उहाँले खेलेको भूमिका आगामी नेतृत्वका लागि समेत अनुकरणीय रहेको उल्लेख गर्नुभयो ।

प्रेस काउन्सिल नेपाल कर्मचारी सङ्घका अध्यक्ष सुरेन्द्र मल्लले दुई कार्यकाल सदस्य पदमा नियुक्त हुनुभएका बुढाथोकीले काउन्सिलमा कर्मचारीका समस्या समाधानमा उहाँले देखाउनुभएको अग्रसरता सधैँ स्मरणीय रहेको बताउनुभयो ।

कार्यक्रमको सहजीकरण गर्दै काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले बुढाथोकीको नेतृत्वका कालमा भए गरेका काम र प्रगतिबारे समेत जानकारी गराउनुभएको थियो । कार्यक्रममा काउन्सिलका सदस्यहरू, सदस्य–सचिव लगायत कर्मचारीको सहभागिता थियो ।

प्रतिक्रिया :