संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

आचारसंहिता कक्षा बढाउन काउन्सिललाई सुझाव

पत्रकारिता पेसाको मर्यादा बढाउन प्रेस काउन्सिलले आचारसंहिता कक्षा बढाउनुपर्ने सुझाव विज्ञहरूले दिएका छन् । नयाँ अनलाइनका सञ्चालक/सम्पादकहरूलाई राखिएका अभिमुखीकरण कक्षामा बोल्दै वरिष्ठ पत्रकार एवं बाह्रखरी डटकमका प्रधान सम्पादक प्रतिक प्रधानले काउन्सिलले अहिले देखाएका सक्रियताका स्वागत गर्दै यसलाई गति दिनुपर्ने बताउनुभयो ।

‘पत्रकार आफ्नै कारणले पत्रकारिता पेसाप्रति इज्जत र सम्मान घटाएको छ । त्यसैले यसलाई रोक्न र स्वस्थ पत्रकारिता गर्न पत्रकार स्वयम् सचेत हुनुपर्छ,’ प्रेस काउन्सिलद्वारा शुक्रबार आयोजित अभिमुखीकरणमा विज्ञकारूपमा सहभागी प्रधानले भन्नुभयो ।

उहाँले आचारसंहिताको पूर्ण पालनाबाट नै मिडियाप्रति हेर्ने दृष्टिकोण राम्रो हुने बताउनुभयो । ‘त्यसका लागि काउन्सिलजस्तो नियामक निकायले आचारसंहितासहित पत्रकारिताका विविध विषयमा व्यापक कक्षा लिनुपर्छ । अनुगमन लाई तीव्र बनाउनुपर्छ,’ प्रधानले भन्नुभयो ।

कार्यक्रममा काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले फरक–फरक अध्ययन र पृष्ठभूमिबाट मिडिया क्षेत्रमा लाग्नेलाई सहयोग पुग्ने भएकाले गत चैतदेखि यस्तो अभियान सुरू गरेको जानकारी दिनुभयो ।

नयाँ अनलाइनकर्मी र आचारसंहिता उल्लङ्घन गरी कारबाहीमा पर्ने दुवैथरीले यस्तो कक्षा अनिवार्य लिनुपर्ने उहाँले बताउनुभयो । अभिमुखीकरण कक्षामा काउन्सिलका वितरण सम्परीक्षण अधिकृत रहमतुल्ला मियाँले काउन्सिलले जारी गरेको निर्देशिकाबारे कक्षा लिनुभएको थियो । कार्यक्रममा भौतिकरूपमा २६ र जुममार्फत २८ जनाको सहभागिता थियो ।

प्रतिक्रिया :