संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np

तपाईँलाई आवश्यक पर्नसक्ने :

विशेष अपिल

मितिः–२०७९।१।२५

विशेष अपिल
पत्रकार आचारसंहिताका साथै निर्वाचन आचारसंहिताको विशेष अनुगमनमा अहोरात्र खटिरहेको प्रेस काउन्सिल नेपालले छापा पत्रपत्रिका र विद्युतीय रेडियो, टेलिभिजन माध्यमका साथै न्यु मिडिया अनलाइन सञ्चार माध्यम बाट सम्प्रेषित समाचार र समाचार–सामग्रीको अन्तरवस्तुलाई पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताका आधारमा सूक्ष्मरूपमा अध्ययन/अनुगमन गरिरहेको छ । यस्तै पत्रकार आचारसंहिता–२०७३ पहिलो संशोधन, २०७६ को दफा १४ मा विद्यमान प्रावधान र निर्वाचन आचारसंहिता, २०७८ का विभिन्न दफामा रहेका व्यवस्थाका आधारमा सञ्चार माध्यमको रूपमा अभिलेख नभएका र पत्रकार एवम् सञ्चार माध्यमले प्रयोग गर्ने सञ्चालन गर्ने सामाजिक सञ्जालमा प्रवाह भएका सामग्रीको अध्ययन समेत गरिरहेको छ ।

२०७८ साल चैत २५ गते निर्वाचन आचारसंहिता लागु भएदेखि आचारसंहिता प्रतिकूलका समाचार र समाचार–सामग्री सम्प्रेषण गर्ने सञ्चार माध्यम र सामाजिक सञ्जालबाट आचारसंहिताविपरीत सामग्रीहरू ‘अपलोड’ गर्ने पत्रकारलाई पत्रमार्फत ध्यानाकर्षण, सचेत, निर्देशन गर्दै आएको छ । पटक पटक प्रेस विज्ञप्ति, अपिलमार्फत आचारसंहिता पालनामा गम्भीर बन्न अनुरोध गरिएको छ । यसरी निरन्तर पत्राचार, अनुरोध, अपिल गर्दा पनि कतिपय पत्रकार, पत्रकारसम्बद्ध पेसागत सङ्घ÷ सङ्गठनका जिम्मेवार पदाधिकारी समेतबाट स्वतन्त्र मतदातालाई प्रभावित पार्नेगरी अभिव्यक्ति दिने क्रम रोकिएको छैन । समाजलाई मार्गप्रशस्त गराउने विशिष्ट भूमिकामा रहेको पत्रकारजगतबाट नै कुनै दल, गठबन्धन वा उम्मेदवारलाई मतआह्वान गर्दै विज्ञप्ति प्रकाशन गर्ने जस्ता कार्यबाट आम मतदातामा भ्रम पर्न गएको छ । पत्रकार एवम् पत्रकारितासँग सम्बन्धित संस्थाले यसप्रकारका स्टाटस् राख्ने, विज्ञप्ति/अपिल जारी गर्ने या अभिव्यक्ति दिने, यो वा त्यो दलको पक्ष, विपक्षमा पत्रकार–पत्रकारबिच नै विभिन्न माध्यमबाट वाद–प्रतिवाद गर्ने कार्यले पत्रकार आचारसंहिताको ठाडो उल्लङ्घन भएको छ । यस्तो कार्यले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठाएको हुँदा यस्तो कार्य नगर्न/नगराउन प्रेस काउन्सिल नेपाल सम्बन्धित सञ्चार माध्यम, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ता पत्रकारहरूलाई सचेत गराउँदछ ।

यस्तै कुनै सञ्चार माध्यमबाट सम्प्रेषित समाचारमा चित नबुझेमा काउन्सिलमा सम्पर्क गर्ने, उजुरी दिने व्यवस्था हुँदाहुँदै सम्प्रेषित समाचारलाई लिएर सम्पादकीय स्वतन्त्रताको विपरीत सञ्चार माध्यमप्रति नकारात्मक टिकाटिप्पणी गर्ने कार्यप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ । यस्तो कार्य नगर्न÷नगराउन र प्रेस स्वतन्त्रताको सम्मान गर्न काउन्सिल सम्वद्ध सबैमा अपिल गर्दछ ।

दीपक खनाल
वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता

 

प्रतिक्रिया :

slot 4d

toto slot

https://fia.ub.ac.id/katalog/

toto

slot gacor

https://febi.uinsaid.ac.id/

toto slot