संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस विज्ञप्ति-सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ता (पत्रकार) लाई काउन्सिलको पुनः अपिल

मितिः २०७९।०१।२३

प्रेस विज्ञप्ति
सञ्चार माध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ता (पत्रकार)लाई
काउन्सिलको पुनः अपिल

स्थानीय तह निर्वाचनका क्रममा २०७८ साल चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता, २०७८ लागु भइ प्रेस काउन्सिल नेपालले सोको समेत अनुगमन गरिरहेको विषय यहाँहरूलाई अवगत नै छ । उक्त निर्वाचन आचारसंहितामा सञ्चार प्रतिष्ठान, सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचरण तोकिएको छ । सञ्चार प्रतिष्ठान, सोमा सम्बद्ध कर्मचारी तथा पत्रकारले कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन वा प्रसारण गर्न नहुने, जातजाति, भाषा, धर्म, सम्प्रदाय, लिङ्ग र क्षेत्रबिचको सम्बन्ध र सद्भावमा खलल पार्ने, राजनीतिक आस्था वा विचार राष्ट्रियता तथा सामाजिक अवस्थाजस्ता कुनै पनि आधारमा भेदभाव हुनेगरी समाचार प्रकाशन वा प्रसारण गर्न नहुने, राजनीतिक दल वा उम्मेद्वारको निर्वाचन प्रचारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नहुने र निर्वाचन आयोगले तोकेको समयावधिभन्दा बढी नहुने गरी राजनीतिक दल वा उम्मेदवारको निर्वाचनसम्बन्धी विज्ञापन, प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्ने, त्यसरी प्रकाशित विज्ञापनमा सःशुल्क भएको जनाउ दिनुपर्ने उल्लेख छ ।

यस्तै कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेन्जर, ट्वीटर, भाइबर, युट्युब, इन्स्टाग्रामजस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री सेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने, गलत, भ्रामक वा द्वैषपूर्ण सूचना प्रवाह गर्न वा गराउन नहुने, निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, अपमान गर्ने, द्वैषपूर्ण भाषण (हेटस्पिचजस्ता भ्रामक टिकाटिप्पणी गर्न वा गराउन नहुने, निर्वाचनलाई प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूलाई प्रकाशन गरेका सामग्री सेयर गर्न नहुने, पत्रपत्रिकाको माध्यमबाट विज्ञापन प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा ७ इन्च  x ७ इञ्चसम्मको आकारमा प्रचार सामग्री छपाउनुपर्ने, टेलिभिजन, रेडियो वा एफएम रेडियोको माध्यमबाट प्रचारप्रसार गर्दा उम्मेदवारको हकमा एकपटकमा १ मिनेटभन्दा बढी नहुने गरी २४ घण्टामा बढीमा २ पटक र राजनीतिक दलको हकमा बढीमा ४ पटक प्रसारण गराउनुपर्ने भन्ने व्यवस्था रहेको छ ।

आचारसंहितामा यस्तो व्यवस्था हुँदाहुँदै धेरैजसो सञ्चार माध्यमले आचारसंहिता र प्रेस काउन्सिल नेपालको अपिललाई पटक–पटक वेवास्ता गरी सःशुल्क वा निःशुल्क नछुट्टिने गरी, तोकिएको साइज, समय वा पटक भन्दा बढी विज्ञापन प्रचारप्रसार गरेको, घृणास्पद अभिव्यक्ति, अमर्यादित, असन्तुलित, एकपक्षीय, तथ्यहीन समाचार तथा समाचार–सामग्री सम्प्रेषण गरिरहेको, सामाजिक सञ्जाल प्रयोगकर्ता (पत्रकार)ले कुनै दलको पक्ष वा विपक्षमा कार्यकर्ताले झैँ चुनावी नारा, तस्बिर राखिरहेको अनुगमनबाट देखिएको छ ।

यसरी आम सञ्चार माध्यममा कुनै राजनीतिक दल, उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन/प्रसारण गर्दा/गराउँदा, सःशुल्क विज्ञापन प्रकाशन/प्रसारण गर्ने क्रममा आचारसंहिताले तोकेअनुसार साइज, समय र पटकलाई ध्यान नदिँदा, कुनै दल वा उम्मेद्वारको प्रचार–प्रसारलाई अतिरञ्जना गर्र्दा/गराउँदा पत्रकार आचारसंहिता र निर्वाचन आचारसंहिताविपरीत हुन गइ आम पाठक, स्रोता र दर्शकमा भ्रम पर्ने भएकाले यस्तो कार्य नगर्न/नगराउन र पत्रकार आचारसंहिता पालनामा थप संवेदनशील हुन प्रेस काउन्सिल नेपाल सम्पूर्ण सञ्चार माध्यम, पत्रकार र सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा पुनः हार्दिक अनुरोध गर्दछ ।

दीपक खनाल
वरिष्ठ प्रशासकीय अधिकृत एवम् प्रवक्ता

प्रतिक्रिया :

slot 4d

toto slot

https://fia.ub.ac.id/katalog/

toto

slot gacor

https://febi.uinsaid.ac.id/

toto slot

slot gacor

bacan4d

slot gacor anti kalah

slot gacor anti kalah

4d slot

slot gacor anti kalah

slot gacor anti kalah

slot 4d togel

bacan4d

bacan4d

bacan4d slot

slot gacor anti kalah

bacan4d

bacansport

slot gacor anti kalah