संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np

तपाईँलाई आवश्यक पर्नसक्ने :

विश्व प्रेस काउन्सिलको बैठक– मिडिया र सामाजिक सञ्जालका लागि साझा आचारसंहिता

नैरोवी (केन्या), प्रेस काउन्सिलको अन्तराष्ट्रिय स्तरको मञ्चमा  न्यू मिडिया र सामाजिक सञ्जाललाई व्यवस्थित बनाउने विषयमा साझा आचारसंहिता बनाउनुपर्ने आवाज उठेको छ । अफ्रिकी मूलुक केन्याको राजधानी नैरोवीमा भएको विश्व प्रेस काउन्सिलको साधारण सभामा प्रेस काउन्सिल नेपालका तर्फबाट यस्तो सुझाव राखिएको हो ।

नेपालका तर्फबाट बोल्दै प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले न्यू मिडिया र सामाजिक सञ्जाललाई रचनात्मक बनाउन नेपालमा धेरैखालका प्रयासहरू भएको अवगत गराउँदै यसलाई मर्यादित र व्यवस्थित बनाउनु जरुरी भइसकेको बताउनुभयो । “हामीले सामाजिक सञ्जाललाई आचारसंहिताको परिधिभित्र बाँध्न विभिन्न प्रयासहरु गरेका छौं । यसलाई रचनात्मक बनाउन नेपालमा विभिन्न कामहरु काउन्सिलले गरिरहेको छ । सबैतिरको अनुभव साटासाट गर्दै साझा खालको आचारसंहिता निर्माण गर्न सकिन्छ ।” (WAPC) वल्र्ड एशोसिएसन अफ प्रेस काउन्सिल  (World Association of Press Councils) को बुधबार सुरु भएको बैठकमा अध्यक्ष बस्नेतको प्रस्ताव थियो । उहाँले मिडियालाई समस्यारहित बनाउन र सक्षम जनशक्ति थप्न सञ्चार सचेतना अभियानलाई सबैतिर जोड दिनुपर्ने सुझाव राख्नुभयो ।

मन्तव्य राख्दै केन्याका सूचना तथा सञ्चार मन्त्री जो मुचेरो (Joe Mucher) ले काउन्सिलका विश्वभरका प्रतिनिधिहरूलाई स्वागत गर्दै यस्ता मञ्चबाट न्यू मिडियाले ल्याएका विश्वव्यापी चुनौती सम्बोधन गर्नुपर्ने धारणा राख्नुभएको थियो ।

राजनीतिक, समाजिक समस्या र खिचातानीका बाबजुद मिडियाले आफ्नो खास धर्म कहिले छाड्न नहुने तर्फ उहाँको जोड थियो । विभिन्न ३ दर्जन मुलुकका अध्यक्ष र प्रतिनिधि सहभागी बैठकमा नेपालबाट अध्यक्ष बस्नेत, प्रेस काउन्सिल नेपालका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ र काउन्सिल सदस्य ठाकुर बेलबासेको सहभागिता छ ।

विश्व प्रेस काउन्सिलका महासचिव समेत रहेका श्रेष्ठले संस्थाको प्रतिवेदन राख्दै समय परिवर्तनसँगै मिडियामा विभिन्न समस्या थपिएकाले त्यसलाई सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो । विश्व प्रेस काउन्सिलका अध्यक्ष प्रा.डा सुले अकर (Sule Aker) ले सबै देशबाट आएका सुझावमा छलफल गरेर केन्या घोषणापत्र जारी गर्ने जानकारी समेत दिनुभयो ।

प्रतिक्रिया :

slot 4d

toto slot

https://fia.ub.ac.id/katalog/

toto

slot gacor

https://febi.uinsaid.ac.id/

toto slot

slot gacor

bacan4d

slot gacor anti kalah

slot gacor anti kalah

4d slot

slot gacor anti kalah

slot gacor anti kalah

slot 4d togel

bacan4d

bacan4d

bacan4d slot

slot gacor anti kalah

bacan4d

bacansport

slot gacor anti kalah