संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

‘सचेत भएर कलम चलाउन पत्रकारलाई आग्रह’

काठमाडौँ ।

नेपाल पत्रकार महासङ्घका महासचिव रोसन पुरीले पत्रकारले लेख्ने समाचारसामग्रीले समग्र देशको प्रतिष्ठामा फरक पार्ने बताउनुभएको छ । प्रेस काउन्सिल नेपालमा बुधबार नयाँ सूचीकरण भएका अनलाइनका सञ्चालक/सम्पादकका लागि भएको अभिमुखीकरण कार्यक्रममा बोल्दै महासचिव पुरीले आफूले लेख्ने सामग्रीबाट देशलाई अहित नहोस् भन्नेतर्फ सचेत भएर कलम चलाउन पत्रकारलाई आग्रह गर्नुभयो । पत्रकारले बदनियतपूर्वक लेख्ने वा अन्य कुनै काम गरे त्यस्ता कामले देशकै बदनाम हुने उहाँको चिन्ता थियो ।अभिमुखीकरण कक्षामा महासचिव पुरीले पत्रकार आचारसंहिताका बुँदाबारे प्रष्ट पार्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका सदस्य रामप्रसाद दाहालले पत्रकारले आफ्नो धर्म बिर्सन नहुने बताउनुभयो । सत्य र सन्तुलित समाचार दिनु पत्रकारको मुख्य धर्म भएको उहाँको भनाइ थियो । पत्रकार आचारसंहितासँग जोडिएका विभिन्न निर्देशिकाका प्रावधानबारे प्रष्ट पार्दै उहाँले पत्रकारिताको मर्मअनुसार नचले त्यो पत्रकार भइरहन नसक्ने बताउनुभयो ।

३५ वटा अनलाइनका सञ्चालक/सम्पादकको सहभागिता रहेको कार्यक्रमको सहजीकरण काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराले गर्नुभएको थियो । कार्यक्रममा सहभागीले उठाएका जिज्ञासाको जवाफ दिँदै सहप्रशासकीय अधिकृत बोहराले काउन्सिलले उजुरी र स्वअनुगमनका आधारमा सञ्चार माध्यमका सामग्रीमाथि अनुगमन गरिरहेको बताउनुभयो ।

काउन्सिलले २०७८ चैतदेखि नयाँ सूचीकरण हुने अनलाइनका सञ्चालक/सम्पादकलाई अभिमुखीकरण दिँदै आएको छ । हालसम्म ११ सय बढी अनलाइनका २ हजार बढी सञ्चालक/सम्पादकले यस्तो कक्षा लिएका छन् । पछिल्लो समय युट्युबमार्फत् भ्रमपूर्ण अतिरञ्जित सामग्री सम्प्रेषण गर्ने र समाचार हुबहु सार्ने (कपि एण्ड पेस्ट) समस्या बढेपछि काउन्सिलले सुक्ष्म अनुगमनलाई पनि तीव्र बनाएको छ ।

प्रतिक्रिया :