संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

काउन्सिलमा कविता प्रतियोगिता

प्रेस काउन्सिल नेपालको ५२ औँ वार्षिक उत्सवको अवसरमा विधागत पत्रकारिता उपसमितिको आयोजनामा कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा विपुल पाण्डे प्रथम, सौभाग्य लक्ष्मी (लक्ष्मी पौडेल)  द्वितीय, सम्झना पौडेल तृतीय र मदनकृष्ण सिलवाल सान्त्वना हुनुभएको छ ।

निर्णायकको भूमिकामा काउन्सिलका पूर्व सदस्य चेतनाथ धमला, सदस्यद्वय ठाकुरप्रसाद बेलबासे र शरदप्रसाद अधिकारी रहनुभएको थियो । पुरस्कृत कविहरूलाई काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । अध्यक्ष बस्नेतले साहित्यको धरोहरलाई बचाउन आगामी दिनमा यस्ता गतिविधि भैरहनुपर्ने बताउनुभयो ।बोर्ड सदस्य एवं विधागत पत्रकारिता विकास समितका संयोजक शरदप्रसाद अधिकारीले काउन्सिलमा प्रतिभावान व्यक्ति रहेकोमा खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष बस्नेत, पूर्वसदस्य धमला, सदस्यहरू बेलबासे र अधिकारी, मुख्य अधिकृत झबिन्द्र भुसाल र वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनाल ले कविता सुनाउनुभयो । बोर्ड सदस्यहरू गोपाल बुढाथोकी, लालबाबु शेख, चिरञ्जीवी मास्के, गणेशप्रसाद पोखरेलको उपस्थितिरहेको कार्यक्रम वितरण सम्परीक्षण अधिकृत रहमतुल्ला मियाँले सञ्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया :