संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

कोरोनाबाट ज्यान गुमाएका पत्रकार बस्नेतको परिवारलाई काउन्सिलको सहयोग

दाङ, कोरोना महामारी (कोभिड–१९) को कारण निधन भएका दाङका पत्रकार लक्ष्मण बस्नेतको परिवारलाई प्रेस काउन्सिल नेपालले राहत रकम प्रदान गरेको छ । काउन्सिलका सदस्य शरद अधिकारीले हालै मृतक पत्रकार बस्नेतकी श्रीमती खिमा बोहरालाई २५ हजार रुपैयाँको राहत रकमको चेक हस्तान्तरण गर्नुभएको हो । पत्रकार बस्नेत रेडियो हापुरेमा कार्यरत हुनुहुन्थ्यो ।

यसअघि घोराही निवासी पत्रकार दामोदर अधिकारीको परिवारलाई पनि काउन्सिलले २५ हजार रुपैयाँको राहत रकम प्रदान गरेको थियो । कोरोनाबाट ज्यान गुमाएका र आर्थिक अवस्था कमजोर रहेका पत्रकारका परिवारलाई काउन्सिलले मिडिया विकास कोषबाट जनही २५ हजार रुपैयाँका दरले राहत प्रदान गर्ने निर्णय गरेअनुसार राहत प्रदान भएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी, सल्लाहकार सुदीप गौतमलगायतको सहभागिता थियो ।

प्रतिक्रिया :