संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

काउन्सिलद्वारा अपाङ्गतामैत्री वेबसाइटको शुभारम्भ गर्नुका साथै पत्रकार आचारसंहितासम्बन्धी भिडियो सन्देश सार्वजनिक – प्रविधिको उच्चतम प्रयोगबाट पत्रकारिता क्षेत्रको विकासमा काउन्सिल प्रतिवद्ध – का.वा अध्यक्ष बुढाथोकी

अपाङ्गतामैत्री वेबसाइटको शुभारम्भ तथा पत्रकार आचारसंहितासम्बन्धी भिडियो सन्देश सार्वजनिक कार्यक्रम

२०७८ जेठ २१
काठमाडौँ
सम्झना पौडेल

प्रेस काउन्सिल नेपालले अपाङ्गतामैत्री वेबसाइटको शुभारम्भ गर्नुका साथै पत्रकार आचारसंहितासम्बन्धी भिडियो सन्देश सार्वजनिक गरेको छ । प्रेस काउन्सिल नेपालमा आज आयोजित कार्यक्रममा काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले ‘स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित पत्रकारितामैत्री प्रेस काउन्सिल नेपाल’ को मर्मलाई आत्मसाथ गर्दै प्रविधिको उच्चतम प्रयोगबाट पत्रकारिता क्षेत्रको विकासमा काउन्सिल प्रतिवद्घ रहेको बताउनुभयो । उहाँले काउन्सिल पत्रकारिता जगतको विकास, संरक्षण र संवर्द्धनका पक्षमा रहेको स्पष्ट पार्दै आचारसंहितासम्बन्धी भिडियो सन्देशले पत्रकारितामा थप सुधार ल्याउने विश्वास व्यक्त समेत गर्नुभयो । का.वा. अध्यक्ष बुढाथोकीले काउन्सिलको अपाङ्गतामैत्री वेबसाइट अन्य सङ्घ/संस्थाको लागि प्रोत्साहन हुने भन्दै आगामी दिनमा वेबसाइटलाई थप परिस्कृत र परिमार्जन गर्दै लैजान सकिने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष एवं काउन्सिलका सदस्य विपुल पोख्रेलले काउन्सिलले अपाङ्गतामैत्री वेबसाइटको शुभारम्भ र पत्रकार आचारसंहितासम्बन्धी भिडियो सन्देश सार्वजनिक गर्नु अनुकरणीय काम भएको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका महासचिव रोशन पुरीले महासङ्घ र काउन्सिल मिलेर साझा काममा सहकार्य गर्दै अघि बढ्ने बताउनुभयो ।

काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले काउन्सिलको भैरहेको वेबसाइटलाई परिमार्जन गर्दै सरल र सहज तरिकाबाट सबैको पहुँचमा सूचना पुगोस भन्ने ध्येयले अपाङ्गतामैत्री वेबसाइट निर्माण गरिएको बताउनुभयो ।

मिडिया अनुगमनकर्ता तथा वेब डेभलपर विनय बजगाईँले अपाङ्गतामैत्री वेबसाइट अपाङ्गता भएका व्यक्तिको लागि कसरी प्रभावकारी हुनसक्छ ? दृष्टिविहीन तथा न्यून दृष्टियुक्त्त व्यक्तिले यसको प्रयोग गर्न सक्नेबारे जानकारी दिनुभयो ।

यसैबीच दोस्रो चरणको कार्यक्रममा का.वा. अध्यक्ष बुढाथोकी, महासङ्घका अध्यक्ष विपुल पोख्रेल, महासचिव रोशन पुरी, प्रेस काउन्सिल नेपालका सदस्य सचिव गोगनबहादुर हमाल, प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल र वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालले भिडियो सन्देशहरू संयुक्तरूपमा सार्वजनिक गर्नुभएको थियो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृतद्वय रामशरण बोहरा, राधेश्याम अधिकारी, शाखा अधिकृत गीता पराजुलीलगायतको सहभागिता थियो ।
उक्त भिडियोमा का.वा अध्यक्ष बुढाथोकी, नेपाल पत्रकार महासङ्घका अध्यक्ष पोख्रेल, महासङ्घका पुर्वअध्यक्षहरू धर्मेन्द्र झा, शिव गाउँले, गोविन्द आचार्य तथा वरिष्ठ पत्रकार बबिता वस्नेतको सन्देश रहेको छ ।

तस्बिरः विपुल पाण्डे

अपाङ्गतामैत्री वेबसाइटको शुभारम्भ तथा पत्रकार आचारसंहितासम्बन्धी भिडियो सन्देश सार्वजनिक कार्यक्रम

प्रतिक्रिया :