संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस विज्ञप्ति

मिति ः २०७८/०२/२१

प्रेस विज्ञप्ति

कोरोना महामारी(कोभिड–१९) को दोस्रो लहरले देश आक्रान्त छ । यस्तो महामारीको चपेटामा ज्यानको बाजी लगाएर श्रमजीवी पत्रकारहरू अग्रमोर्चाबाट सूचना सम्प्रेषण गरिरहेका छन् । यसैक्रममा कोरोनाको दोस्रो लहरपछि अहिलेसम्म देशभरका १९ पत्रकारको निधन भएको छ । नौ सय पत्रकार सङ्क्रमित भएकामा २ सय सक्रिय सङ्क्रमित छन् । ३० जना अस्पताल भर्ना भएका छन् भने ५ जनालाई आइसियू/भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । श्रमजीवी पत्रकारको यस्तो अवस्था छ भने यही महामारीलाई निहुँ बनाएर कतिपय सञ्चारमाध्यमका सञ्चालक÷लगानीकर्ताले कोरोनाको पहिलो लहरदेखि नै श्रमजीवी पत्रकार ऐन, २०५१ अनुसार पत्रकारलाई तलब नदिएको, कामबाट बञ्चित गराउने गरेको र सेवाबाटै हटाउने गरेको पाइएको छ । यी र यस्तै विषयमा प्रेस काउन्सिल नेपालमा बारम्बार लिखित तथा मौखिक उजुरीहरू आउने गरेका छन् भने कतिपय श्रमजीवी पत्रकारको समूहले प्रत्यक्ष भेटेर काउन्सिलमा यस्ता विषयबारे जानकारी गराएको छ । यी विषयउपर प्रेस काउन्सिल नेपालका विभिन्न बैठकमा गम्भीर छmलफल भएको छ ।

काउन्सिल कुनै पत्रकारलाई सेवाबाट नहटाउन, कामबाट बञ्चित नगर्न, ऐन, नियमले तोकेबमोजिम तत्काल सेवा–सुविधा उपलव्ध गराउन सम्बन्धित पक्षसँग विनम्र अनुरोध गर्दछ । सेवामा पुनःस्थापना नगरिएमा, काममा नलगाइएमा तथा सेवा–सुविधा नदिइएमा काउन्सिलले स्थलगत निरीक्षण गर्नेछ । साथै, समस्या समाधान र अन्य कारबाहीका लागि सम्बन्धित पक्ष र उजुरीकर्तासँग त्रिपक्षीय छलफल गर्नसक्ने बेहोरा यसै विज्ञप्तिमार्फत जानकारी गराइन्छ ।

 

दीपक खनाल
वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता)

 

प्रतिक्रिया :