संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रकार पक्राउप्रति काउन्सिलको ध्यानाकर्षण

विज्ञप्ति

समाचारको विषयलाई लिएर पत्रकार पक्राउ भएकोप्रति प्रेस काउन्सिल नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आज एक विज्ञप्ति जारी गर्दै काउन्सिलले समाचार सम्प्रेषण भएकै आधारमा उज्यालो नेटवर्क डटकम पत्रकारलाई सञ्चारमाध्यमको कार्यालयबाट प्रकाउ गरिएको र सञ्चारगृहमा छापा मारेको खबरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । काउन्सिलका उपप्रशासकीय अधिकृत (सूचना अधिकारी) रामशरण बोहराले जारी गरेको विज्ञप्तिमा समाचारका विषयमा चित्त नबुझेको अवस्थामा प्रेस काउन्सिल नेपालले कारबाही गर्ने प्रष्ट पारिएको छ । ‘समाचारका विषयमा चित्त नबुझेको अवस्थामा प्रेस काउन्सिल ऐन, २०४८ को दफा १२ र पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) बमोजिम प्रेस काउन्सिल नेपालले कारबाही गर्ने गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ ।

‘प्रधानमन्त्री के.पी. ओली र रअबीच भएको सहमति…’ शीर्षकमा उज्यालो नेटवर्क डटकमलगायतका विभिन्न न्युजपोर्टलबाट सम्प्रेषित समाचारका विषयमा ती न्युज पोर्टलहरुले आगामी दिनमा आचारसंहिता पूर्णरूपमा पालना गर्ने प्रतिबद्धता जनाउँदै विवादास्पद सामग्री हटाइ, सार्वजनिकरुपमा क्षमायाचनासहित भुलसुधार गरी काउन्सिलमा उपस्थित भई स्पष्टीकरण पेस गरिसकेको काउन्सिलले जनाएको छ ।

काउन्सिलले उच्च अदालत पाटनको अन्तरिम आदेश उल्लेख गर्दै अदालतको आदेशविपरीत धरपकड, बलजफती नगर्न ध्यानाकर्षण गराएको छ । ‘प्रेस काउन्सिल नेपाल फौजदारी मुद्दाको अनुसन्धान र तहकिकात गर्ने विषयमा बाहेक समाचार लेखेकै भरमा सञ्चारमाध्यममा आबद्ध पत्रकारलाई पक्राउ गर्ने, धरपकड गर्ने, सञ्चार सामाग्री समेत जफत गर्ने प्रेस स्वतन्त्रताविरोधी गतिविधि गरिनु संविधान, कानुन विपरीत हुने हुँदा अदालतको आदेशलाई पालना गर्न र सो विपरीत धरपकड, बलजफती नगर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’ विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया :