संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

नेतृत्व पारदर्शी हुनसकेमात्रै संस्थाको गरिमा बच्नेः का.वा. अध्यक्ष बुढाथोकी

सम्झना पौडेल

प्रेस काउन्सिल नेपालले कार्यकाल पुरा भएका सदस्यको बिदाइ तथा नयाँ सदस्यको स्वागत गरेको छ । काउन्सिलको सभाहलमा आज भएको कार्यक्रममा पूर्व सदस्यद्वय चेतनाथ धमला र संगीता खडका, पूर्व सदस्य सचिव एवं सूचना तथा प्रशारण विभागका पूर्व महानिर्देशक किरणराज शर्मालाई बिदाइ गरिएको हो ।

यस्तै सोही कार्यक्रममा नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित अध्यक्ष एवं काउन्सिलका पदेन सदस्य विपुल पोखरेल र महासङ्घका महासचिव रोशन पुरीलाई स्वागतका साथै वितरण सम्परीक्षण समितिका सदस्यत्रय राजकुमार भट्टराई, नारायणकुमार श्रेष्ठ र राजु ढकाललाइ समेत बिदाइ गरिएको छ ।

कार्यक्रममा बोल्दै काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले नेतृत्व पारदर्शी, निष्पक्ष र सन्तुलित हुनसकेमात्र संस्थाको हित हुने बताउनुभयो । उहाँले नेतृत्व निष्पक्ष रहँदा ‘स्वस्थ, स्वच्छ, स्वतन्त्र, मर्यादित पत्रकारितामैत्री प्रेस काउन्सिल नेपाल’ भन्ने नारालाई सार्थक तुल्याउन सकिने बताउनुभयो ।

महासङ्घका नवनिर्वाचित अध्यक्ष एवं पदेन सदस्य पोखरेललाई सपथ गराउँदै उहाँले सहकार्यको माध्यमबाट संस्थाको गरिमा उच्च हुने बताउनुभयो । पोखरेलले नेपाली पत्रकारिताको अवस्था सुधार गर्न संस्थामा रहँदा वा नरहँदासमेत पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।

पूर्वसदस्य चेतनाथ धमलाले चुनौतीका बाबजुत पनि धेरै साहित्यिक पत्रकारिताको विकासका लागि सह्रानिय र स्मरणीय काम गर्न सकिएको बताउनुभयो ।

यस्तै पूर्वसदस्य संगीता खड्काले आफूहरूको कार्यकालमा काउन्सिल बोर्ड र सचिवालयले सहयोगी भूमिका खेलेका कारण नै महत्वपूर्ण उपलब्धी भएको स्मरण गर्नुभयो । काउन्सिलबाट बिदाइ भएपनि आफू पत्रकारितामै सक्रिय रहेकाले सम्बन्ध सधैँ रहिरहने बताउनुभयो ।

सूचना तथा प्रसारण विभागका पूर्वमहानिर्देशक तथा काउन्सिलका पूर्व सदस्य–सचिव शर्माले यहाँ रहदाँ पत्रकारको सुविधा र हितमा भए गरेका कार्यको उल्लेख गर्दै पत्रकार समाजको ऐना मात्र नभएर देशको शासकीय सुधारमा पत्रकारको योगदान महत्वपूर्ण हुने बताउनुभयो । उहाँले प्रेस काउन्सिलको हितमा आफू सदैव लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सूचना तथा प्रशारण विभागका महानिर्देशक ई. गोगनबहादुर हमालले पत्रकारिताको विकास र विस्तारमा सदैव सहयोग रहने बताउनुभयो ।

काउन्सिलका पूर्वसदस्य गोविन्द आचार्य, नवलकिशोर यादव र पूर्वकर्मचारी रामेश्वर पराजुललाईसमेत बिदाइको लागि आमन्त्रण गरिएकोमा उपत्यका बाहिर रहेका कारण उहाँहरु उपस्थित हुन सक्नुभएन ।

कार्यक्रममा काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत (प्रवत्ता) दीपक खनाल, सहप्रशासकीय अधिकृत रामप्रसाद पोखरेल, उपप्रशासकीय अधिकृत रामशरण बोहरा, उपप्रशासकिय अधिकृत राधेश्याम अधिकारीलगायत कर्मचारीहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया :