संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस सङ्ग्रहालयको स्थापना कार्य तीव्र

Press Machine

प्रेस काउन्सिल नेपालले प्रेस सङ्ग्रहालय (Press Museum) स्थापनाको कार्य तीव्र पारेको छ । नेपालको प्रेस इतिहाससँग सम्बन्धित विभिन्न सामग्रीहरूको सङ्कलन भइरहेकाले अब केही दिनमा नै सङ्ग्रहालय शुभारम्भ हुने काउन्सिल सचिवलायले जनाएको छ । प्रेस जगतसँग सम्बन्धित पुराना ऐतिहासिक सामग्रीहरूलाई सङ्ग्रहित गरी प्रेस सङ्ग्राहलय खोल्न लागिएको हो ।

सङ्ग्राहलयका लागि काउन्सिलले केही समयअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना तथा प्रसारण विभाग, मुद्रणलगायत विभिन्न विभाग, प्रेससँग सम्बन्धित विभिन्न व्यक्ति तथा संघ÷संस्थाहरूलाई पुराना तथा ऐतिहासिक सामग्री उपलब्ध गराउन पत्राचार गरेको थियो ।
सोहीअनुरुप हालसम्म काउन्सिलमा ट्रेडल मेसिन, कटिङ मेसिन (म्यानुअल), केस नेपाली र अङ्ग्रेजी (फन्टसहित, प्रुफ मेसिन (रुलरसहितको), चिम्टा– (विभिन्न साइजका), स्टिक (विभिन्न साइजका), रुलर सानो/ठुलो विभिन्न साइजका ६ थान, हेडिङ्ग ब्लक फोटासहित, जिङ्क ब्लक (पुराना फोटासहित), ग्यालीहरू, फ्रेम/साँचो/सेट/धागो, हाते टाइपराइटर र फ्याक्स मेसिन, कम्प्युटर मनिटर सङ्कलन भइसकेको छ । हाते टाइपराइटर नेपाल प्रेस इन्स्टिच्युट (एनपिआइ)ले उपलब्ध गराएको हो । यस्तै फ्याक्स मेसिन, कम्प्युटर मनिटर साँघु साप्ताहिकले तथा अन्य सामग्री मुद्रण विभागबाट प्राप्त भएको काउन्सिलका उपप्रशासकीय अधिकृत राधेश्याम अधिकारीले जानकारी दिनुभयो ।
प्रेस सङ्ग्रहालयको स्थापना विश्व प्रेसकै इतिहासमा ऐतिहासिक कार्य हुन लागेको काउन्सिलका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले बताउनुभयो ।

उहाँले सङ्ग्रहालयका लागि उपयुक्त ऐतिहासिक सामग्री भएका सङ्घसंस्थाले अझै पनि काउन्सिलमा सम्पर्क राखी सामग्री उपलब्ध गराउन सक्ने बताउनुभयो । काउन्सिलले त्यस्ता व्यक्ति र संस्थालाई यथासक्य छिटो सम्पर्क राख्न अनुरोध गरेको छ ।

प्रेस सङ्ग्राहलय सञ्चालनमा आएपछि विद्यार्थी, शोधकर्ता एवं अनुसन्धाताहरूले प्रेससँग सम्बन्धित ऐतिहासिक सामग्रीहरूको बारेमा जानकारी लिन गर्न सक्ने काउन्सिलका प्रवक्ता दीपक खनालले बताउनुभयो ।

प्रतिक्रिया :