संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

होलीमा ‘रक्सी’को विज्ञापन गर्ने सञ्चारमाध्यमलाई काउन्सिलको चेतावनी

फागुपर्व (होली) लाई लक्षित गरी आमसञ्चार माध्यममा मादकपदार्थ (रक्सी)को विज्ञापन गरिएकोप्रति प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले आज एक विज्ञप्ति जारी गर्दै ‘मनाऔँ होली रमेर…जता भए पनि’, होलीको शुभकामना, ह्याप्पी होली आदि जस्ता भाषा, प्रस्तुति, वाक्य, वाक्यांश राखी ‘रक्सी’ सम्बन्धी सम्प्रेषित विज्ञापनप्रति काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘क’ वर्गका राष्ट्रिय दैनिकहरू– गोरखापत्र, कान्तिपुर, राजधानी, नयाँपत्रिका, दि हिमालयन, नागरिक, दि काठमाडौँ पोस्ट, अन्नपूर्णपोस्ट, नेपाल समाचारपत्रजस्ता छापामाध्यम तथा अनलाइनखबर, ई–कान्तिपुरजस्ता अनलाइनमाध्यममा मदिरा सेवन गर्न उत्प्रेरित गर्ने खालका भाषा प्रयोग गरी विज्ञापन सम्प्रेषण गर्दै आएको देखिएको छ’, भनिएको छ ।

पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ७ (३) मा ‘जनस्वास्थमा आघात नपर्ने र आधिकारिकता पुष्टि हुने गरी विज्ञापन प्रकाशन वा प्रसारण गर्नुपर्दछ’ भन्ने व्यवस्था छ । यस्तै जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ मा ‘जनस्वास्थ्यलाई प्रभावित पार्ने मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार–प्रसार गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेको भन्दै काउन्सिलले यस्ता विज्ञापनको भाषा, प्रस्तुति तत्काल संशोधन गर्न निर्देशन दिएको छ । निर्देशनविपरीत यस्तै भाषाशैलीका विज्ञापन प्रकाशित भइरहेमा थप प्रक्रिया अघि बढाउन बाध्य हुने काउन्सिलको चेतावनी छ ।

नोटः उल्लेखिल सञ्चारमाध्यममध्ये अङ्ग्रेजी भाषाको दि हिमालयन पत्रिका प्रेस काउन्सिल नेपालको पत्रपत्रिका वर्गीकरण प्रक्रियामा समावेश भएको छैन ।

प्रतिक्रिया :