संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिल नेपाल र पाकिस्तान दूतावासका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौँ
सम्झना पौडेल

प्रेस काउन्सिल नेपाल र नेपालका लागि पाकिस्तान दूतावासका प्रतिनिधिबीच आज सौहार्दपूर्ण भेटवार्ता भएको छ । भेटमा प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष गोपाल बुढाथोकी र पाकिस्तान दूतावासका प्रेस हेर्ने प्रथम सचिव Saad Khan र Shakeel Ahmed बिच प्रेस काउन्सिल नेपाल र पाकिस्तान प्रेस काउन्सिल बिच यसअघि नै स्वीकृत भएको (Memorandum of Understanding – MOU) मा हस्ताक्षर गर्नको लागि संवाद भएको थियो । Shakeel Ahmed हालै प्रेस हेर्ने प्रथम सचिवको रूपमा जिम्मेवारी लिई आउनुभएको हो ।

का.वा अध्यक्ष बुढाथोकीले भेट अत्यन्तै सान्दर्भिक र सौहार्दपूर्ण भएको भन्दै भेटले एक अर्काको सम्बन्धलाई मजबुद बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले पाकिस्तानको प्रेसले धेरै राम्रो काम गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले ४५० जना पत्रकार कोभिड पीडित भएको र ७ जनाको मृत्यु समेत भएको भन्दै उनिहरूलाई परेको आर्थिक समस्यामा सहयोग गर्ने हेतुले मिडयाविकास कोषबाट लेखनवृत्ति, राहात/सहयोग र दूर्गममा काम गर्ने पत्रकारका लागि इन्टरनेट जडानमा सुविधा दिन लागिएको जानकारी दिनुभयो ।

पाकिस्तान दूतावासका प्रथम सचिव Saad Khan ले आफूहरूले सकेको जति सहयोग गर्ने भन्दै पाकिस्तानको भिजिट गरी अनुभव आदानप्रदान गर्नका साथै केही नेपाली च्यानलमा पाकिस्तानि टेलिसिरियल राख्न सकिने समेत बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका निवर्तमान कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिलले रेडियो, अनलाइन, टेलिभिजन तथा पत्रपत्रिकाको अभिलेख र अनुगमन प्रभावकारी तरिकाले गर्ने गरेको भन्दै कर्मचारी र पत्रकारलाई दक्षता वृद्धि गर्न सहयोग पु्याउन सम्बन्धले मद्दत पुग्ने बताउनुभयो । उहाँले काउन्सिलले पत्रकारको नियमन गर्ने मात्र नभएर पत्रकारलाई विभिन्न सेवा सुविधा प्रदान गर्दै आएको, काउन्सिल पत्रकारको अविभावकीय संस्था भएको बताउनुभयो ।

कार्यक्रममाप्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसाल, वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, पाकिस्तान दूतावासका प्रेस असिस्टेन्ट Syed Wajid लगायतको सहभागिता रहेको थियो ।

तस्विर: विपुल पाण्डे

प्रतिक्रिया :