संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रकारिता क्षेत्रको समस्या समाधान गर्न मन्त्रालय तयारः सञ्चार मन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सम्बन्धित मन्त्रालय अन्तर्गतका विभाग, संस्थान र सम्वद्ध संस्थाहरुमा रहेको समस्या समाधानको लागि मन्त्रालयले कोभिडको समयमा पनि आफ्नो दायित्व बाट पछि नहटेको बताउनु भएको छ । पत्रकार महासंघ नेपालले आयोजना गरेको कार्यक्रममा उहाँले सञ्चारसम्बन्धी कानुनमा के-कस्तो सुधार गर्नुपर्ने हो सुझाव दिन आग्रह गर्दै व्यवस्थित र मर्यादित पत्रकारिताको लागि आमसञ्चार तालिम केन्द्रको स्थापना गरिने बताउनुभयो । उहाँले चर्चा कमाउनको लागि काम नगर्ने भन्दै समस्या परेको ठाउँमा सम्बोधन गरिने भएकाले श्रमजीवी पत्रकारलाई पलायन हुनबाट रोक्न मन्त्रालय सचेत रहेको बताउनुयो । उहाँले हुलाक सेवालाई प्रतिस्पर्धी र विश्वसनिय बनाई प्रभावकारी बनाउने रणनीति मन्त्रालयले लिएको भन्दै पत्रकारको राम्रा माग पुरा गर्न मन्त्रालय तयार भएको तर पत्रकारहरुसँग मन्त्रालयको एउटै माग सकारात्मक सञ्चार गर्नु भएको बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले मिडियाबाट आएका सामग्रीहरु हेर्ने र उजुरी सुन्ने जिम्मा काउन्सिलको भएको भन्दै कोभिडको महामारीमा पनि काउन्सिलले काम निरन्तर गरेको बताउनुभयो । उहाँले जोखिम मोलेरै भएपनि काउन्सिलले दिने सेवाबाट पछि नहटेको बताउँदै ९ जना कर्मचारीमा कोरोना पोजेटिभ देखिएपनि काम नरोकिएकाले आजको काम आजै भन्ने अभियान चलाइएको जानकारी दिनुभयो । काउन्सिलबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउन नयाँ शैली अवलम्बन गरिएको भन्दै प्रेस काउन्सिल नेपालले सोधपत्र लेखन र इन्टरनेट सुविधाको लागि आवेदन दिने सम्बन्धीसूचना प्रकाशन गरेको, काउन्सिल अन्तर्गत मिडिया विकास कोषले पत्रकारिता विषय लिई स्नाकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूलाई पत्रकारिताको कुनै विषयमा सोधपत्र लेखनको लागि २५ हजारको दरले छात्रवृत्ति दिने गरेको बताउनुभयो । का.वा अध्यक्ष बुढाथोकीले मिडिया विकास कोषबाट नै अति दुर्गम क्षेत्र एवं दलित महिला, अल्पसङ्ख्यक समुदायको साथै अपाङ्गता भई पत्रकारिता गरिरहेका र न्यून आय भएकालाई इन्टरनेट जडान गर्दा अधिकतम २० हजारसम्म अनुदान दिन सकिने नीति स्वीकृत भएकाले आवेदन दिन सूचना जारी भएको बताउनुभयो । उहाँले कोभिडबाट पीडित पत्रकारलाई केहि राहातहोस भनेर काउन्लिले लेखनवृत्तिको लागि हरेक प्रदेशबाट ३ जना पत्रकारलाई केही रकम सहयोग गर्न सूचना जारी गरिएको बताउनुभयो ।

मन्त्रालयका सचिव हरीप्रसाद वस्यालले सूचना र प्रविधिलाई सँङ्गसङ्गै लैजानु पर्ने भएकाले अनलाइन दर्ता र नविकरणलाई हुलाकबाटै गरिने काम अघि बढेको जानकारी दिनुभयो । उहाँले लोककल्याणकारी विज्ञापनको लागि पहल भैरहेको भन्दै समानुपातिक ढंङ्गले प्रदान गरिने प्रस्ट पार्नुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकार महासंघ नागरिक संघसस्थामा पहिलो भएकाले हरेक ३-३ वर्षमा नेतृत्व परिवर्तन हुने जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न संघ, संगठनका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया :