संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

कोरोना कहरमा काउन्सिलको प्रदान गर्यो सञ्चारसामग्री

काठमाडौँ, २०७७।०६।२८

कोरोना कहरकै बिच काउन्सिलले पत्रकार महासंघका जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण गरेको छ । पत्रकार महासंघ पश्चिम 

नवलपरासी शाखालाइ सञ्चार सामग्री प्रदान गर्नु हुँदै प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसालले कोरोनाको कारण पत्रपत्रिका प्रकाशन नभए पनि बर्गीकरणलाई असर नगर्ने बताउनुभयो ।

उहाँले काउन्सिलले कोरोना कहरमा पत्रकार तथा सञ्चारमाध्यमले गरेको कामको भुमिका बारे सरकार समक्ष प्रतिबेदन दिएको बताउनुभयो । महासंघका पूर्व सभापति केशव पराजुलीले जिल्लाको सञ्चारमाध्यमको अवस्था निकै नाजुक रहेको बताउनुभयो ।

काउन्सिलले महासंघको लागि टेलिभिजन सेट एक थान, प्रेस ज्याकेट, काउन्सिलले प्रकाशन गरेको विभिन्न पुस्तकहरू प्रदान गरेको थियो । कार्यक्रममा जिल्ला महासंघकि अध्यक्ष मालती न्यौपाने, कोषाध्यक्ष रवि पाण्डे लगायत जिल्लाका सञ्चारमाध्यमममा कार्यरत पत्रकारहरूको सहभागिता थियो ।

यस्तै काउन्सिलले नवलपरासी पूर्व, चितवन, रूपन्देही र अर्घाखाँचीमा पुगी प्रेस ज्याकेट, काउन्सिलले प्रकाशन गरेको विभिन्न पुस्तकहरू प्रदान गरेको थियो ।

समाचारः सम्झना पौडेल

प्रतिक्रिया :