संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

कोरोना कहरमा काउन्सिलको टोली गोरखा/तनहुँमा

काठमाडौँ , असोज २१ ।

गोरखा जिल्लाको गोरखा नगरपालिकामा ‘कोरोना महामारीमा मिडियाको अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ गोरखा जिल्ला शाखाको संयोजनमा भएको उक्त कार्यक्रममा विभिन्न आमसञ्चार माध्यममा सम्बद्ध पत्रकारले कोरोना महामारीमा जिल्लाका पत्रकार र सञ्चारमाध्यमको अवस्था र उनीहरूले झेलेका समस्या राखेका थिए ।

उनीहरूले कोरोना महामारीकै बिचमा पनि जोखिमपूर्ण रूपमा नियमित आफ्नो कर्म गरिरहेको बताएका थिए । कार्यक्रममा काउन्सिलका बोर्ड सदस्य चेतनाथ धमला र वरिष्ठ प्रशासकीय अधिकृत (प्रवक्ता) दीपक खनालले उठेका प्रश्न÷जिज्ञासाको सम्बोधन गर्नुभएको थियो ।

पत्रकारहरूले विज्ञापन प्राधिकरण गठन गरी समानुपातिक विज्ञापन नीति लागु गर्न, स्थानीय तहका सूचना तथा विज्ञापन प्रकाशन तथा प्रसारणमा स्थानीय सञ्चारमाध्यमलाई नै प्राथमिकता दिने नीतिगत व्यवस्था गर्न ,सञ्चारकर्मी र सञ्चारगृहलाई विद्युत, फोन र इन्टरनेटमा सहुलियत दिन उनीहरूले सुझाव दिएका थिए  ।

सदस्य धमलाले पत्रकार र सञ्चारमाध्यमका समस्या सुल्झाउनका लागि काउन्सिलका तर्फबाट पहल गरिने बताउनुभएको थियो । छलफलमा प्राप्त सुझाव सङ्कलन गरी काउन्सिलको वोर्डमा जानकारी गराइने प्रवक्ता खनालले बताउनुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष किशोरजंग थापालगायत जिल्लाको १७ जना पत्रकारले आ–आफ्ना भनाइसहित सुझाव राख्नुभएको थियो ।

यसैगरी काउन्सिलको उक्त टोलीले तनहुँ जिल्लाको दमौली पुगी त्यहाँका पत्रकारसँग अनौपचारिक छलफल गरी सुझाव लिएको थियो । साथै, दुवै जिल्लाका पत्रकार महासंघका पदाधिकारी र पत्रकारलाई काउन्सिलका विभिन्न नयाँ प्रकाशन र काउन्सिलले तयार पारेको प्रेस ज्याकेट प्रदान गरिएकोे थियो ।

प्रस्तुति ः सम्झना पौडेल

प्रतिक्रिया :