संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिल नेपालका का.वा.अध्यक्ष बुढाथोकीद्वारा साँघुको सम्पादक पद त्याग


प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष गोपाल बुढाथोकीले प्रतिबद्धता अनुसार तीन दिन भित्रै साँघु साप्ताहिकको सम्पादक पद औपचारिकरुपमा त्याग गर्नुभएको छ । काउन्सिल जस्तो गरिमामय पदमा बसेपछि अन्य कुनै पत्रिकाको सम्पादक बस्नु नैतिकताको आधारमा नमिल्ने र आफूदोहोरो भुमिकामा नरहने भन्दै उहाँले पद त्याग गर्नुभएको हो । यसअघि असोज १४ गते उहाँले १० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्दै साँघु साप्ताहिकको सम्पादक नरहने जानकारी समेत गराउनुभएको थियो । पत्रकारिता क्षेत्रका तमाम चुनौतीहरुको सामना गर्दै अगाडि बढ्ने कार्यमा आफूू सदैव लाग्ने उहाँले बताउदै आउनुुभएको छ । काउन्सिलको का.वा. अध्यक्षमा नियुक्त भएसँगै उहाँले प्रेस काउन्सिलबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी बनाउन नयाँ शैली अवलम्बन गरिने,आजको काम आजै सम्पादन गर्ने प्रतिबद्धता जनाउनभएको थियो । यस्तै उहाँले पदमा रहुञ्जेलकुनैपनि राजनीतिक दल तथा सङ्घ–सङ्गठनमा नरहने घोषणा गर्नुभएको छ । यही असोज ९ गते कार्यवाहक अध्यक्षमा नियुक्त हुनुभएका का.वा. अध्यक्ष बुढाथोकीले काउन्सिलको नेतृत्वमा रहँदा कार्यालय समयभन्दा बाहिर कार्यालयको सवारीसाधन प्रयोग नगर्ने, स्वच्छ, स्वस्थ पत्रकारिताका लागि आचारसंहिताको पालना र कार्यान्वयनमा प्रतिबद्ध रहने लगायतका थुप्रै राम्रा कामहरुको घोषणा गर्नुभएको छ । यस्तै उहाँले स्वस्थ, स्वच्छ र स्वतन्त्र पत्रकारिता मैत्री प्रेस काउन्सिल नेपालको अभियानमा लाग्ने उद्घोष गर्नुभएको छ । यस्तै उहाँले स्वस्थ, स्वच्छ र स्वतन्त्र पत्रकारिता मैत्री प्रेस काउन्सिल नेपालको लागि सम्बन्धित पक्षबाट सहयोगको अपेक्षा गर्नुभएको बताउनéएको छ यस्तै उहाँले स्वस्थ, स्वच्छ र स्वतन्त्र पत्रकारिता मैत्री प्रेस काउन्सिल नेपालको अभियानमा आफू अहोरात्र लाग्ने उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया :