संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np

तपाईँलाई आवश्यक पर्नसक्ने :

कविता गोष्ठि सम्पन्न

मिति: २०७७/०६/०२ सम्झना पौडेल प्रेस काउन्सिल नेपालको५१ औँ बार्षिक उत्सव तथा संविधान दिवसको अवसरमा प्रेस काउन्सिल नेपाल विधागत पत्रकारिता उपसमितिको आयोजनामा कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा लक्ष्मी पौडेल प्रथम, सम्झना पौडेल द्दितिय र विपुल पाण्डे तृतिय हुनुभएको छ ।

निर्णायकको भुमिकामा बरिष्ठ कवि एवं गीतकार भुपाल राई, डाक्टर.धनप्रसाद सुवेदी र कवि तथा पत्रकार ठाकुर बेलबासे रहनुभएको थियो । कार्यक्रमका पुरस्कृत कविहरुलाई काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो। अध्यक्ष श्रेष्ठले साहित्यको धरोहरलाई बचाउन आगामिदिनमा यस्ता गतिविधि भैरहनुपर्ने बताउनुभयो । विधागत पत्रकारिता विकास समितका संयोजक एवं प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य चेतनाथ धमलाले स्वागत मन्तब्य राख्नुहुँदै काउन्सिलमा प्रतिभाहरु फुल्ने गरेको बताउनुभयो । कार्यक्रममा कवि ठाकुर बेल्वासे, दिनेश यादव, भुपाल राई, का.वा. अध्यक्ष श्रेष्ठ, प्रेस काउन्सिलका बोर्ड सदस्य खिल बहादुर भण्डारी अर्का सदस्य धमला, काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसाल, बरिष्ठ प्रशासकीय अधिकृत दीपक खनाल, उपप्रशासकीय अधिकृत रामप्रसाद पोखरेल र वितरण सम्परीक्षण अधिकृत रहमतुल्ला मियाँले अप्रतियोगिको रुपमा कविता वाचन गर्नुभएको थियो । कार्यक्रममा उप.प्र.अधिकृत रामशरण बोहरा, उप.प्र.अधिकृत राधेश्याम अधिकारी, लेखा अधिकृत सविता ढकाल, अधिकृत बिष्णु शर्मा लम्साल लगायत कर्मचारीहरुको शहभागिता रहेको थियो ।

प्रतिक्रिया :

slot 4d

toto slot

https://fia.ub.ac.id/katalog/

toto

slot gacor

https://febi.uinsaid.ac.id/

toto slot