संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

गैरपेशागत आचरणप्रति प्रेस काउन्सिलको पछिल्लो धारणा

मिति: २०७७/२/५

गैरपेशागत आचरणप्रति प्रेस काउन्सिलको पछिल्लो धारणा
कोरोना भाइरस संक्रमण (कोभिड १९) का कारण उत्पन्न बन्दाबन्दीको वर्तमान समयमा स्वघोषित पत्रकार हुँ भन्दै प्रेस लेखेर सवारी साधन प्रयोग गर्ने, ज्याकेट धारण गर्ने तथा प्रेसको नाममा परिचयपत्र बनाई पत्रकारिताका मूल्य र मान्यताविरोधी गतिविधि हुने गरेकोप्रति प्रेस काउन्सिल नेपालको गम्भीर ध्यानाकर्षण भएको छ । यसै हप्ता ‘पत्रकारिता’ को आवरणमा हातहतियार ओसारपसार गर्ने, नागरिक तथा फिल्डमा खटिएका राष्ट्रसेवक कर्मचारीहरुप्रति दुव्र्यवहार तथा खानतलासी र केरकार गर्ने एवं कतै पनि जवाफदेही हुनुनपर्ने युट्युब, फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालका टुल्सहरुमार्फत् अफवाहपूर्ण प्रचारप्रसार गर्नेजस्ता कार्यहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताअन्तर्गत नपर्ने प्रेस काउन्सिलको ठहर छ ।

प्रेस काउन्सिल नेपालले विचार र अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, प्रेस स्वतन्त्रता लगायत नागरिकका आधारभूत अधिकारको संरक्षण, सम्बद्र्धन र प्रचलनका पक्षमा अडिग रहँदै पत्रकारिताको व्यावसायिक अभ्यासलाई उच्च पेशागत, मर्यादित, जवाफदेही एवम् उत्तरदायी बनाउन पत्रकार आचारसंहिता निर्माण गरी त्यसको कार्यान्वयन र निरन्तर अनुगमन गरिरहेको छ । यस सन्दर्भमा पत्रकारिताको मूल्य, मान्यता र आधिकारिकतासँग गाँसिएका पेशागत गतिविधिबाहेक अन्य खालका क्रियाकलापहरु पत्रकारिताको परिभाषाभित्र नपर्ने स्वतः स्पष्ट छ ।

प्रेस काउन्सिल नेपाल कोरोना संक्रमणका कारण उत्पन्न यस जटिल अवस्थामा सबैखालका सञ्चारमाध्यमलाई पत्रकार आचारसंहिता र कोरोना भाइरस संक्रमणका सम्वन्धमा आम सञ्चारमाध्यम र पत्रकारका लागि जारी निर्देशिका पालनाप्रति पुनः आग्रह गर्दै पत्रकारिता जस्तो पवित्र पेशाको आवरणभित्र अन्य खालका गतिविधि नगर्न, नगराउन सरोकारवाला सबै पक्षको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

……………………
(रामशरण बोहरा)
उप–प्रशासकीय अधिकृत

प्रतिक्रिया :