संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

काउन्सिलबाट सरकारलाई ध्यानाकर्षण तथा सुझाव

काठमाडौं/ मिति २०७६।१२।२७ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक फेसबुक पेजमार्फत “भोलि र पर्सि उपत्यका बाहिर जान पाउने” व्यहोराको सूचना सम्प्रेषणमार्फत भ्रम र अन्यौल सिर्जना गरिएको भनी प्राप्त गुनासोका सम्बन्धमा प्रेस काउन्सिलले आज चैत्र २८ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रेस काउन्सिल ऐन, ०४८ को दफा ७ ९क० ९ग० अनुसार, प्रेससम्बन्धी नीतिगत राय, सुझाव दिने र मिडियाको अनुगमन गर्ने एकमात्र नियामक निकाय काउन्सिलद्वारा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई आज प्रेषित पत्रमा भनिएको छ —“लकडाउनमा परेका सर्वसाधारणलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिनेसम्बन्धी निर्णय मिति २०७६।१२।२७ मा पोस्ट गर्दै, ताजा विवरण थप्दै र अन्तमा लेखिएका सबै सूचना डिलिट गर्दै प्रधानमन्त्री कार्यालयबाट हिजो दिउँसो आधिकारिक फेसबुक पेजमार्फत सूचना सम्प्रेषणमा कमिकमजोरी गरिएको भनी प्राप्त जनगुनासोका सम्बन्धमा प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको छ । विश्वव्यापी स्वास्थ्य संकटकालको यो बेला तहाँ कार्यालयको हिजोको प्राविधिक भूलका कारण सञ्चारमाध्यममा गलत समाचार सम्प्रेषण भैदिँदा जनमानसमा पर्याप्त भ्रम सिर्जना हुन गएको र आधिकारिक सूचनाको मूल स्रोतमै पटकपटक छेडखानी हुँदा सरकारी निर्णयको विश्वसनीयतामाथि थप प्रश्नचिन्ह उठ्न गएको व्यहोरा अवगतै छ । यसतर्फ आगामी दिनहरूमा गम्भीरताका साथ सतर्कता अपनाउनु हुन प्रधानमन्त्री कार्यालयका जिम्मेवार अधिकारीहरूलाई आग्रह गरिन्छ । यस्ता गल्ती सच्याउनेतर्फ सकारात्मक र शीघ्र पहलबाट नै आम जनसमुदाय, मिडिया र सरकारलाई विगतका महाभूकम्प, नाकाबन्दीलगायत अप्ठ्यारा कालखण्डमा झैँ अबका जुनसुकै विपत्तिहरू मिलीजुली पार लगाउनमा बल पुग्ने दृढ विश्वास लिइएको छ ।”  

प्रतिक्रिया :