संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रदेशस्तरीय प्रशिक्षक/प्रशिक्षण कार्यक्रम

गण्डकी प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक / प्रशिक्षण कार्यक्रम कास्की जिल्लाको पोखरामा सम्पन्न भएको छ । यही पुस १० र ११ गते सम्पन्न उक्त कार्यक्रममा पत्रकारलाई पत्रकार आचारसंहिता, भाषाको प्रयोग, व्याकरणीय शुद्वाशुद्वी र यसको कार्यान्वयन सम्बन्धमा प्रशिक्षण दिइएको थियो ।

पे्रस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिको संयोजनमा भएको उक्त कार्यक्रम कार्यक्रमको उद्घाटन प्रमुख अतिथि गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीले ब्यानर पढेर गर्नुभएको थियो । उक्त अवसरमा सभामुख अधिकारीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि कृष्ण सेन ‘इच्छुक’ जस्ता पत्रकारले बलिदानी दिएको स्मरण गर्दै पत्रकारले समाचार सन्तुलनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले कतिपय पत्रकारले ‘बार्गेनिङ’ गर्ने कार्य बढेको बताउँदै धम्काउने, डराउने, तर्साउने प्रवृत्तिको अझै अन्त्य नभएको उल्लेख गर्नुभयो । नेपालमा जत्तिको प्रेस स्वतन्त्रता विश्वका अन्य मुलुकमा नभएको दृष्टान्त पेश गर्दै भन्नुभयो–“म अहिले सम्म विश्वका ५३ वटा देश घुम्दा देखेको छु नेपालको जस्तो प्रेस स्वतन्त्रता कुनै देशमा छैन् ।”

काउन्सिलले सधै पत्रकारको दुःख सुःखमा साथ दिए पनि पे्रस काउन्सिल परिवारमाथिनै प्रहार भइरहने गरेको बताउदै का.बा. अध्यक्ष श्रेष्ठले पत्रकारितालाई मर्यादित नबनाए पत्रकार समाज बाटनै तिरस्कृत र घृणित हुने दिन आउने तर्क गर्नुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले पत्रकार आचारसंहिता २०७३ २०७६ असोज ६ गते संशोधनसहित जारी गरिएको बताउनुभयो ।

काउन्सिल बोर्ड सदस्य ईश्वरीप्रसाद ओझाले मिडिया काउन्सिल ऐन आउनेक्रममा रहेको जानकारी गराउनुभयो । उहाँले मिडिया काउन्सिल विधेयकमा काउन्सिलले सुझाव दिएकोमा सरकारले ल्याएको प्रस्ताव संसदमा विचाराधीन रहेको बताउनुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति अध्यक्ष त्रिभुवन पौडेलले पत्रकारले आफूले आफँैलाई समीक्षा गर्नुपर्ने समय आएको बताउँदै तथ्यपरक पत्रकारितामा ध्यान दिन आग्रह गर्नुभयो ।

कार्यक्रमको प्रशिक्षक / प्रशिक्षण सत्रमा काउन्सिलका का.बा. अध्यक्ष श्रेष्ठ , महासंघका केन्द्रीय अध्यक्ष आचार्य, बोर्ड सदस्य ओझा, बोर्ड सदस्य शुभेच्छाविन्दु तुलाधार , भाषा बिशेषज्ञ डा. हेमनाथ पौडेल र काउन्सिलका सह–प्रशासकीय अधिकृत दीपक खनालले फरकफरक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमको समापान समारोहका प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राष्ट्रियता, सार्वभौमसत्ता र एकतालाई खलल नपुग्ने गरी पत्रकारले कलम चलाउनुपर्ने बताउनुभयो । देश सङ्कटमा परेको अवस्थामा समेत आम पार्टी , जनतालाई मार्ग देखाउने अभिभारा पत्रकारमै छ भन्नुभयो । आफू उपप्रधान एवम् स्वास्थ्यमन्त्री हुँदा नै स्वास्थ्यका माफियाहरु ‘ब्रिफकेश’ लिएर आएपछि आफुले पदबाट हटाइदिएको स्मरण गर्दै उहाँले अहिले मुलुक चरम भ्रष्टाचारको दलदलमा फसेकाले पत्रकारलाई यसका बिरुद्व पत्रकारिता गर्न सुझाव दिनुभयो ।

८५ जनाको उपस्थिति रहेको उक्त कार्यक्रममा ११ जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत ५० जना पत्रकारलाई प्रमुख अतिथि शेरचनले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

रिपोर्ट
बिशालप्रसाद पौडेल

प्रतिक्रिया :