संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

दलित पत्रकारसँग प्रेस काउन्सिल नेपाल

काठमाडौँ
२०७६।०९।२२,
सम्झना पौडेल

मिडियामा क्रियाशील दलित पत्रकारसँग प्रेस काउन्सिल नेपालमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारिता जस्तो प्रतिस्पर्धी पेशामा कार्यरत पत्रकारले आफुँलाई दलित पत्रकार भन्न नहुने सुझाव दिनुभयो । उहाँले पत्रकारितामा क्षमताले अगाडि बढ्ने हुँदा दलित भएकै आधारमा काउन्सिलले कसैमाथि अन्याय नगर्ने स्पष्ट पार्नुभयो । कार्यबाहक अध्यक्ष श्रेष्ठले देशभर दलितलाई के–के भनेर अवहेलना गरिन्छ, देशभर दलित पत्रकारको सङ्ख्या कति छ ? दलित पत्रकारको हित र पेशागत क्षमता बृद्धिको लागि के–के गर्न सकिन्छ भन्ने लगायतका बिषयमा अनुसन्धान गर्न काउन्सिलले सघाउने प्रतिवद्धता जनाउनुभयो ।

बोर्ड सदस्य इश्वरी प्रसाद ओझाले पिछडावर्गको आवाज उठनुपर्ने बताउनुुहुँदै मिडियामा दलित, महिला, पिछडावर्गको सम्मानजनक सहभागिता हुनुपर्ने बताउनुभयो ।

बोर्ड सदस्य चेतनाथ धमलाले दलित पत्रकारको समस्या र त्यसको समाधानतर्फ छलफल केन्द्रित गर्नुपर्ने धारणा राख्नुहुँदै क्रियाशिल दलित पत्रकारको अनुभवबाट नै धेरै कुरा आउने विश्वास ब्यक्त गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र भुसालले समावेशितामा ध्यान दिई छात्रावृत्ति, पुरस्कार, पत्रपत्रिका वर्गीकरण जस्ता बिषयमा दलित पत्रकारलाई समेत समावेश गर्दै आएको जानकारी गराउनुभयो । गहन समाचार अनुसन्धानका लागि प्रस्ताव ल्याएमा काउन्सिलले सहयोग गर्नसक्ने उहाँले बताउनुभयो ।

मिडियामा क्रियाशील दलित पत्रकार संघका अध्यक्ष पवित्रा सुनारले पत्रकारितामा जात र समुदायबाट हुने विभेदको अन्त्य हुनुपर्ने धारणा राख्नुभयो भने उपाध्यक्ष टिकाराम सुनारले मिडियामा समावेशिता किन ? शीर्षकको प्रस्तुति गर्नुभएको थियो ।

काउन्सिलको आयोजना तथा क्रियाशील दलित पत्रकार संघको संयोजनमा भएको यस कार्यक्रममा काउन्सिलका सहप्रशासकीय अधिकृत (सूचना अधिकारी) दीपक खनाल, उपप्रशासकीय अधिकृत रामप्रसाद पोखरेल, वितरण संपरीक्षण अधिकृत रहमतुल्ला मियाँ सहित विभन्न मिडियामा कार्यरत दलित पत्रकारको सहभागिता रहेको थियो ।

प्रतिक्रिया :