संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

आ.व. २०७४/७५ सालको वर्गीकरणका लागि प्राप्त पत्रपत्रिकाहरूको मूल्याङ्कन र वर्गीकरण नतिजा

काउन्सिलबाट आ.व. २०७४/७५ को वर्गीकरणको प्रक्रियामा सामेल ९१२ वटा पत्रपत्रिका वर्गीकरण गरी नतिजा सार्वजनिक गरिएको छ । यसअनुसार ‘क’ वर्गमा १५७, ‘ख’ वर्गमा ३२१, ‘ग’ वर्गमा २३९ र ‘घ’ वर्गमा ४९ गरी जम्मा ७६६ पत्रपत्रिका वर्गीकरणमा परेका छन् । ३१ पत्रपत्रिका हुबहुमा परेको र १ को प्रकाशन अङ्क नपुगेकाले वर्गीकरणमा समावेश गरिएको छैन भने आवश्यक कागजात पेश नगरेका ६३ र जवाफ पेश नगर्ने ५१ वटा गरी ११४ पत्रपत्रिकाको नतिजा स्थगन गरिएको छ । वर्गीकरणमा समावेश ७६६ मध्ये राष्ट्रियस्तर १५६, प्रदेशस्तर १४२ र स्थानीयस्तरमा ४६८ वटा पत्रिका कायम भएका छन् । वर्गीकरणमा समावेश भएकामा दैनिक १४९, अर्धसाप्ताहिक ३, साप्ताहिक ४६५, पाक्षिक १२, मासिक ७०, द्वैमासिक/त्रैमासिक ११ र साहित्यिक/भाषिक ५६ रहेका छन् ।

प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० अनुसार गठित वितरण सम्परीक्षण समितिले पत्रपत्रिका वितरण सम्परीक्षण मापदण्ड –२०६६ (परिमार्जन २०७५) को आधारमा वर्गीकरण प्रतिवेदन तयार गरी २०७६/६/१४ मा पेश गरेको थियो । उक्त प्रतिवेदनसमेतका आधारमा काउन्सिलले नतिजा सार्वजनिक गरेको छ ।

वर्गीकरण नतिजामा चित्त नबुझ्नेले आधार, प्रमाणसहित पुनर्योग/पुनःमूल्याङ्कनको लागि शुरु दस्तुरको पच्चिस प्रतिशत शुल्कसहित १५ दिनभित्र र थप ७ दिनसम्म दोब्बर दस्तुरसहित निवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ ।

आ.व. २०७४/७५ सालको वर्गीकरणका लागि प्राप्त पत्रपत्रिकाहरूको मूल्याङ्कन र वर्गीकरण नतिजा

मिति: २०७६/०७/२८

प्रतिक्रिया :