संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

शुभकामना मन्तव्य

प्रेस काउन्सिल नेपालको ५० औँ वार्षिकोत्सव समारोह यही २०७६ असोज ६ गते राष्ट्रपति भवनमा सफलतापूर्वक सम्पन्न भएको छ । साथै, ५० औँ वर्षगाँठभरि मनाइने स्वर्णजयन्ती सोही दिनदेखि प्रारम्भ भएको छ । यस वर्षको वार्षिक कार्यक्रममा श्रीलङ्का, भारत, म्यानमार, पाकिस्तान, साइप्रस र विश्वप्रेस काउन्सिलबाट आमन्त्रण गरिएका पाहुनाहरूसहित विशिष्ट व्यक्तिहरूको सहभागिता रहेकोमा काउन्सिलले खुसी साँटासाँट गरेको छ । २०७६ साल असोज १५ गते बसेको काउन्सिल बोर्ड बैठकले यस कार्यक्रममा उपस्थित भई थप उत्साह र हौसला बढाइदिनुभएकोमा सम्माननीय राष्ट्रपतिज्यूप्रति हार्दिक आभार प्रकट गरेको छ । यस्तै यस कार्यक्रममा उपस्थित भई गरिमा बढाइदिनुहुने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा, उपस्थित विशिष्ट व्यक्तित्वहरू, अन्य महानुभावहरू तथा काउन्सिललाई सहयोग पु¥याउने सबैप्रति काउन्सिल बोर्डले धन्यवाद ज्ञापन गरेको छ ।

काउन्सिलले विगतमा झैँ स्वर्णजयन्तीका अवसरमा पनि विभिन्न पुरस्कारबाट २२ जना पत्रकार, दुईटा आमसञ्चारमाध्यम र तीनजना कर्मचारीलाई पुरस्कृत गरेको छ । पुरस्कृत सम्पूर्णलाई फेरि पनि बधाई ! प्रेस काउन्सिल नेपाल आचारसंहिता पूर्ण पालना गराउने संस्था रहेको सबैलाई विदितै छ । आचारसंहिताले गरेको व्यवस्थाअनुसार सम्पूर्ण नेपाली पत्रकार र आमसञ्चारमाध्यमका सामग्रीको अनुगमन गरी सत्यतथ्य छानबिनसहित दोषी ठहर भएमा कारबाही गर्ने निकाय हो । यसै सिलसिलामा आमसञ्चारमाध्यममा देखिएका पछिल्ला प्रवृत्तिलाई समेत ख्याल गरी स्वर्णजयन्तीका अवसरमा काउन्सिलले पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ । पहिलो संशोधनमा सामाजिक सञ्जालमा पत्रकार र आमसञ्चारमाध्यमले सम्प्रेषण गर्ने सामग्रीको ‘प्रवृत्ति अध्ययन’ गर्ने, पटक–पटक आचारसंहिता उल्लङ्घन गर्ने आमसञ्चारमाध्यमलाई ‘कालोसूची (Black List) मा राख्न सकिने जस्ता नयाँ प्रावधान राखिएका छन् । काउन्सिल बोर्डको सोही बैठकले पत्रकार आचारसंहिताको अक्षरशः पालना गर्न सम्पूर्ण पत्रकार तथा आमसञ्चारमाध्यमहरूलाई आग्रह गरेको छ । साथै, भित्रिसकेको वडादशैँ, तिहार, छठ, इद, जितियापर्वलगायतका नेपाली मौलिक चाडपर्वको अवसरमा आमसञ्चारमाध्यम, पत्रकारसहित सबैको उत्तरोउत्तर प्रगतिको कामनासहित शुभकामना व्यक्त गरेको छ ।

………………
दीपक खनाल
सह–प्रशासकीय अधिकृत)
सूचना अधिकारी

प्रतिक्रिया :