संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

काउन्सिलको स्वर्णजयन्तीको अवसरमा २०७६ असोज ६ गते पुरस्कृत व्यक्ति/संस्थाहरु :

१. प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कार र प्रोत्साहन पुरस्कार

१.१ बिपुल पाण्डे (प्रोत्साहन पुरस्कार रु. १० हजार)

२०५१ सालमा नुवाकोटमा जन्मनु भएका पाण्डे २०७५ सालदेखि मिडिया अनुगमनकर्ताको रुपमा कार्यरत हुनुहुन्छ । उहाँ नाट्य क्षेत्र एवं फोटोग्राफीमा दक्ष हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता तथा सामाजिक कार्य विषयमा स्नातक गर्नुभएको छ । उहाँलाई प्रेस काउन्सिल कर्मचारी प्रोत्साहन पुरस्कार, २०७६ प्रदान गरिएको छ ।

१.२ हर्कबहादुर श्रेष्ठ (वर्ष कर्मचारी पुरस्कार रु. २० हजार)

२०२३ सालमा भिमेश्वर नगरपालिका ४ दोलखामा जन्मनुभएका श्रेष्ठ २०४५ सालदेखि प्रेस काउन्सिलमा कार्यरत हुनुहुन्छ । तीन दशक बढी काउन्सिल सेवामा अनवरत क्रियाशील श्रेष्ठको योगदानको कदरस्वरुप प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कारबाट सम्मान गरिएको हो ।

१.३ सबिता बाँनिया (वर्ष कर्मचारी पुरस्कार रु. २० हजार)

म्याग्दी स्थायी निवासी बानियाँ २०७० सालदेखि प्रेस काउन्सिल सेवाको वरिष्ठ कम्प्युटर अपरेटर पदमा कार्यरत हुनुहुन्छ । उहाँ काउन्सिलको अभिलेख शाखामा कार्यरत हुनुहुन्छ । युद्धकालमा भूमिगत रेडियो जन गणतन्त्र डोके रेडियोमा काम गरेको अनुभवसमेत उहाँसँग रहेको छ ।

२. प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार ( जनही रु. १५ हजार)

२.१ रिङ्कु मिश्र (गायत्री)

टिभी टुडे जनकपुरमा समाचार वाचिका पत्रकार रिङकु मिश्र गायत्रीले वि.सं २०६३ साल देखि रेडियो टुडेबाट पत्रकारिता क्षेत्रमा पाईला चाल्नु भएको हो । पत्रकार मिश्रसँग रेडियो मिथिला, अपन टिभी, मिथिलाञ्चल एफएम, मिथिलाञ्चल विशेष पत्रिका लगायतका विभिन्न मिडियामा कार्य गरेको अनुभव छ ।

२.२ सोमबहादुर थापा, (कैलाली)

वि.सं २०५२ सालदेखि विभिन्न ट्याबलेट समाचारपत्रहरुमार्फत पत्रकारिता क्षेत्रमा प्रवेश गर्नु भएका पत्रकार सोमबहादुर थापा हाल फ्रिलान्सरकोरुपमा कार्यरत हुनुहुन्छ । पत्रकार थापाले सहस्राव्दी साप्ताहिक, नेपाल समाचार पत्र, सत्यपत्र दैनिक, एभिन्यूज टेलिभिजनको समाचार सम्पादक, हिमालय टेलिभिजनको प्रधान सम्पादककोरुपमा कार्य गरिसक्नु भएको छ ।

३.विधान श्रेष्ठ, (इलाम हाल काठमाडौँ)

वि.सं २०६१ सालमा नव युवा मासिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुभएका पत्रकार विधान श्रेष्ठ हाल रातोपाटी डटकमको समाचार सम्पादक हुनुहुन्छ । श्रेष्ठको नौलो प्रतिक मासिक, ग्रेटवे अंग्रेजी मासिक जस्ता मिडियामा कार्य अनुभव रहेको छ ।

४.निलिफा सुब्बा, (सुनसरी)

धरान टाईम्सबाट आफ्नो पत्रकारिता यात्रा आरम्भ गर्नु भएकी पत्रकार निलिफा सुब्बा, हाल सञ्चारिका समूह पूर्वाञ्चल क्षेत्रको अध्यक्ष हुनुहुन्छ । पत्रकार निलिफा सुब्बा पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य हुनुहुन्छ । मर्निङ टाईम्स, गणतन्त्र एफएमसाथै युके रेडियो लगायतका मिडियाहरुमा कार्य अनुभव रहेको छ ।

५.मञ्जिमा ढकाल, (काठमाडौँ)

२०७३ सालमा त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गर्नुभएकी मञ्जिमा दि राइजिङ नेपालमा कार्यरत हुनुहुन्छ । विशेषगरी शिक्षा, मानवअधिकार, वातावरण र लैङ्गिक क्षेत्रलाई विषय बनाइ ढकालले कलम चलाउदैँ आउनुभएको छ । उहाँले पत्रकारिता क्षेत्रमा दिनुभएको निरन्तरता र योगदानको कदरस्वरुप प्रेस काउन्सिल नेपालद्वारा प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

६.करुण अर्याल, (कपिलवस्तु हाल: काठमाडौँ)

वि.सं २०५२ सालमा प्रजातन्त्र साप्ताहिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुभएका पत्रकार करुण अर्याल हाल गोरखापत्र दैनिकमा कार्यरत हुनुन्छ । अर्यालको घटना र विचार, रेडियो नेपाल, समाचार पत्र दैनिक, युवामञ्च, राजधानी दैनिकलगायत राष्ट्रिय मिडियामा कार्य गरेको अनुभव छ ।

७.डिलाराम भुसाल

२०६३ सालमा राजधानी दैनिकको संवाददाताकोरुपमा आफ्नो पत्रकारिता यात्रा सुरु गर्नु भएको पत्रकार भुसाल हाल बुद्ध दर्पण दैनिक कपिलवस्तुको कार्यकारी सम्पादक तथा नयाँ पत्रिका दैनिकको संवाददाता एवं पत्रकार महासंघ कपिलवस्तु शाखाको अध्यक्ष हुनुहुन्छ । पत्रकार भुसालसँग नेपाल वान टेलिभिजन, नमस्ते रेडियो, देउराली एफएम लगायतका मिडियामा कार्य गरेको अनुभव छ ।

८.अमर खड्का, (सुनसरी)

वि.सं २०६० सालमा विराटनगरबाट प्रकाशित हुने दर्शन दैनिकबाट पत्रकारिता क्षेत्रमा प्रवेश गर्नुभएका पत्रकार अमर खड्का नेपाल पत्रकार महासंघ सुनसरी शाखा अध्यक्ष हुनुहुन्छ । खड्काको गोरखापत्र दैनिक, मकालु टेलिभिजन, जनमत साप्ताहिक, कञ्चनजङ्घा एफएमलगायत दर्जनौँ मिडियामा कार्य गरेको अनुभव रहेको छ ।

९.अजयदीप शर्मा, (रुकुम: हाल दाङ)

वि.सं २०५५ सालमा दाङमा नौलो जनउभार साप्ताहिकबाट आफ्नो पत्रकारिता यात्रा सुरु गर्नुभएका पत्रकार अजयदीप शर्मा युद्धकालिन समयमा जनादेश पश्चिम संस्करणमा सम्पादक सहयोगी, र रेडियो जनगणतन्त्रमा फिल्ड संवाददाताको रुपमा कार्य गर्नु भएको थियो । उहाँ पत्रकार महासंघ दाङ्को पूर्व उपाध्यक्ष तथा केन्द्रीय सदस्य भईसक्नु भएको छ । पत्रकारिता क्षेत्रमा कठिन परिस्थितिमा पनि उहाँले पु¥याउनु भएको महत्वपूर्ण योगदानको सम्मानस्वरुप प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।

१०.मीना तिवारी (घिमिरे), काठमाडौँ

वि.सं २०५४ सालदेखि योजना साप्ताहिकबाट आफ्नो पत्रकारिता यात्रा सुरु गर्नु भएकी पत्रकार मीना तिवारी घिमिरे हाल ऐक्यबद्धता मासिक र संसार न्युज डटकमको सम्पादक हुनुहुन्छ । उहाँले पत्रकारिताको क्रममा ५ महिना जेल जीवनसमेत व्यतित गर्नु भएको छ ।

प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार ( रु.२० हजार)

होमशंकर बास्तोला (अन्तर्बोध साहित्यिक त्रैमासिक सम्पादक/प्रकाशक)

साहित्यकार तथा पत्रकार होमशंकर बास्तोलाको जन्म २०३१ भदौ २७ गते ओखलढुङ्गा जिल्लाको कुइभिरमा भएको हो । विभिन्न साहित्यिक पत्रिकाहरुमा दुई दशकदेखि प्रकाशक एवं सम्पादकको भूमिका निर्वाह गर्नुकासाथै विभिन्न साहित्यिक संघ संस्थामा समेत आवद्ध भई साहित्यिक पत्रकारिताको विकास र संरक्षणका लागि उहाँले दिनुभएको योगदानको कदरस्वरुप प्रेस काउन्सिल नेपालद्वारा प्रेस काउन्सिल साहित्यिक पुरस्कार प्रदान गरिएको छ ।

प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार (रु.२० हजार)

मो. हसन मियाँ

नेपालमा उर्दू पत्रकारिता र साहित्यको संरक्षण सम्वद्र्धनमा अग्रणी भूमिका निर्वाह गर्नुभएका मोहम्मद हसन मियाँे नेपालको पहिलो उर्दू भाषाको पत्रिका पैगामको सम्पादकसमेत हुनुहुन्छ । उहाँ विगत २० वर्षदेखि यस क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । उहाँले भारतको प्रख्यात अलिगढ मुस्लिम विश्वविद्यालयबाट अरबी र उर्दू भाषामा स्नातकोत्तर (एमए) सम्मको अध्ययन गर्नु भएको छ । नेपालमा उर्दू र अरबी भाषाको सफ्टवेर पत्रिका तथा किताबमा प्रयोगको सुरुवात उहाँले गर्नु भएको हो ।

प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार ( जनही रु. २० हजार)

१.विश्वमणी सुबेदी, (सुनसरी, हालः काठमाडौँ)

इनरुवा सुनसरी निवासी विश्वमणि सुबेदीले छलफल साप्ताहिकबाट पत्रकारिताको प्रारम्भ गर्नु भएको हो । यसपछि नव आवाज, जनआस्था साप्ताहिक, नयाँपत्रिका दैनिकमा कार्य गर्नु भएको छ । जनधारणा साप्ताहिक, प्रकाश साप्ताहिक, सौर्य साप्ताहिक, छानबिन साप्ताहिक, कलापुञ्ज मासिकमा स्तम्भकारकोरुपमा पनि भूमिका निर्वाह गर्नु भएको छ । प्रेस जागरण नेपालका संस्थापक सुबेदी प्रेस चौतारीको केन्द्रीय सदस्य, कोषाध्यक्ष हुँदै उपाध्यक्ष पनि भई सक्नु भएको छ । उहाँ बामदेब गौतम उपप्रधानमन्त्री हुँदा २०६५ र २०७० सालमा प्रेस संयोजकको भूमिकामा रहनुभएको थियो ।

२.विष्णुप्रसाद शर्मा (दैलेख)

दुर्गम जिल्ला दैलेखबाट २०६३ सालदेखि नेपाल टेलिभिजन र २०६४ सालबाट नयाँपत्रिका दैनिकमा जिल्ला संवाददाताकोरुपमा कार्य गर्दै आउनुभएका शर्मा २०६४ सालदेखि २०६७ सम्म पत्रकार महासंघ दैलेख शाखाको सभापतिको रुपमा पनि जिम्मेवारी पूरा गर्नु भएको छ । उहाँ धमाका दैनिक दैलेखको प्रकाशक÷सम्पादक पनि हुनुहुन्छ ।

३.हरि जोशी, (कञ्चनपुर)

महेन्द्रनगर १८ कञ्चनपुर निवासी सार्थक साप्ताहिक कञ्चनपुरका सम्पादक हरि जोशी वि.स. २०६४ देखि २०६७ सम्म नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको सभापति भईसक्नु भएको छ । गढवाल विश्वविद्यालयबाट एमए र कानुनमा स्नातकसम्म अध्ययन गर्नु भएको छ ।

४.यज्ञप्रसाद शर्मा, (मोरङ)

विराटनगर ११ जनपथ निवासी यज्ञप्रसाद शर्मा शुभसन्देश डटकमको सम्पादक हुनुहुन्छ । नेपाल समाचारपत्रमा १८ वर्षसम्म कार्य गर्नुभएका शर्मा नेपाल प्रेस इन्स्च्युट र क्षेत्रीय मिडिया स्रोत केन्द्र विराटनगरमा तालिम विज्ञको रुपमा पनि सहजिकरण गर्दै आइरहनु भएको छ । त्रिविबाट एमबिए गरेका शर्माले डेनिस स्कुल अफ जर्नालिज्मबाट पनि खोज पत्रकारिताको विषयमा अध्ययन गर्नुको साथै पूर्वाञ्चल विश्वविद्यालयबाट सन् २०१२ मा पत्रकारितामा स्नातकोत्तर गर्नु भएको छ । नेपाल पत्रकार महासंघ मोरङ शाखाको सभापति हँुदै २०५९ सालमा नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष पनि हुनु भयो । सन् २००६ देखि २००८ सम्म प्रेस काउन्सिल नेपालको बोर्ड सदस्य भएर पनि पत्रकारिता क्षेत्रमा योगदान गर्नुभएको छ ।

५.बालकृष्ण प्रसाद (धनुषा, हाल काठमाडौँ)

जनकपुरधाम निवासी बालकृष्ण प्रसादले २०४० सालदेखि २०४८ सम्म युग सन्देश साप्ताहिक र २०४७ देखि २०४९ सम्म राससमा कार्य गर्नुभएका बालकृष्ण प्रसादले २०४९ सालदेखि नेपाल टेलिभिजनबाट टेलिभिजन पत्रकारिता सुरु गर्नु भई प्रमुख समाचार सम्पादकबाट २०७२ सालमा अवकाश प्राप्त गर्नु भयो । २०७३ देखि २०७५ सम्म माउन्टेन टिभीमा समाचार संयोजक र डेस्क सम्पादकमा पनि कार्य गर्नुभएका बालकृष्ण हाल स्वतन्त्र पत्रकारिता गरिरहनु भएको छ ।

६. शंकर कार्की, (खोटाङ, हाल कामाडौँ)

२०३९ सालदेखि जानकारी साप्ताहिकको प्रकाशन÷सम्पादन गर्दै आउनु भएका शंकर कार्कीको जन्म २०१४ सालमा खोटाङ्गमा भएको हो । २०३६ सालबाट पत्रकारितामा संलग्न कार्की नयाँसन्देश साप्ताहिक, नयाँकिरण साप्ताहिक, प्रतिध्वनी साप्ताहिक, साँघु साप्ताहिक र समीक्षा साप्ताहिकमा स्तम्भकारकोरुपमा आबद्ध रहनुभयो ।

७.शिवबहादुर कार्की (मोरङ)

२००३ माघ २८ गते शंकरपुर विराटनगर मोरङमा जन्मनुभएका शिवबहादुर कार्की २०१९ सालबाट प्राध्यापन पेशाका साथै वाम राजनीतिमा पनि संलग्न हुनुभयो । २०२४ सालमा काठमाडौँबाट प्रकाशित हुने एशियाली आवाज र युगसम्वाद पत्रिकामार्फत पत्रकारिता सुरु गर्नुभयो । २०५८ सालदेखि २०६४ सम्म नेपाल पत्रकार महासंघ मोरङको २ कार्यकाल सभापति हुनुभएका कार्की२०३६,२०४६ र ०६२÷६३ सालमा भएका जनआन्दोलनको क्रममा पटक पटक जेल जीवन व्यतित गर्नुभयो । विभिन्न सामाजिक क्रियाकलापमा संलग्न कार्कीले विभिन्न पुरस्कार तथा सम्मान पाउनुका साथै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिबाट प्रेस स्वतन्त्रता सेनानी सम्मान पनि प्राप्त गर्नु भएको छ ।

८. सिताराम प्रसाद वर्मा कट्टेल, (धादिङ)

निलकण्ठ नगरपालिका वडा नं. ३ पुछारबजार, धादिङ निवासी सितारामप्रसाद वर्मा कट्टेलको जन्म १९९९ असोज १९ गते भएको हो । २०५० साल बैशाख १ गतेबाट हालसम्म राष्ट्रिय समाचार समिति (रासस) को धादिङ समाचारदातामा कार्यरत वर्मा रासससंगै कान्तिपुर, गोरखापत्र, स्पेश टाइम्स दैनिक, च्यानल नेपाल टेलिभिजन, घटना र विचार साप्ताहिकको जिल्ला संवाददाता भइ काम गर्नु भएको थियो । नेपाल पत्रकार महासंघ धादिङ शाखाको संस्थापक सभापति भई ४ पटकसम्म शाखालाई नेतृत्व दिनु भएका वर्मा धादिङमा हिमाल साप्ताहिक पत्रिकाका प्रकाशक÷सम्पादक हुनुहुन्छ ।

९.नेपाल भुषण न्यौपाने, (गोरखा, हालः काठमाडौँ)

२०२७ सालदेखि सम्पादकको भूमिकामा रहनु भएका न्यौपाने हाल चर्चा साप्ताहिकका सम्पादक हुनुहुन्छ । न्यौपानेको जन्म २००२ साल माघ २२ गते बाबु सोरबहादुर न्यौपाने र आमा राधादेवी न्यौपानेको कोखबाट गोरखाको पालुङटारमा भएको हो । स्नातकसम्मको अध्ययन गरेका न्यौपाने हाल काठमाडाँै महानगरपालिका १६ म्हैपीमा बस्नु हुन्छ ।

प्रेस काउन्सिल आचारसंहिता पुरस्कार (रु.५० हजार)

दैनिक नेपालगन्ज बाँके (प्रकाशक/प्रधान सम्पादक झलक गैरे)

२०५४ सालमा प्रकाशन शुभारम्भ गरेको यस दैनिक नेपालगन्ज पत्रिका २०६८ भदौ १९ गतेबाट निरन्तररुपमा प्रकाशित हुँदै आएको छ । पत्रकार झलक गैरेद्वारा सम्पादित दैनिक नेपालगन्ज पत्रिकाले पत्रकार आचारसंहिता पूर्णरुपमा पालना गर्दै पत्रकारिता क्षेत्रलाई जिम्मेवार र मर्यादित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको देखिएकाले प्रेस काउन्सिल नेपालद्वारा, प्रेस काउन्सिल आचारसंहिता पत्रकारिता पुरस्कार २०७६ प्रदान गरिएको छ ।

प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार (रु.१ लाख ५ हजार)

डा. सुरेश आचार्य

सिन्धुलीमा जन्मनुभएका डा. आचार्य २०४३ साल देखि पत्रकारिता क्षेत्रमा संलग्न हुनुहुन्छ । उहाँ नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको सभापति र न्यूनतम् पारिश्रमिक निर्धारण समितिको अध्यक्षसमेत भईसक्नुभएको छ । छापा, रेडियो र टेलिभिजन सञ्चारमाध्यमहरुमा राम्रो दखल राख्ने डा. आचार्यले पत्रकारिता क्षेत्रमा तीन दशकभन्दा बढी समय विताइ सक्नुभएको छ । पत्रकारिता क्षेत्रमा उहाँले दिनुभएको योगदानको कदरस्वरुप प्रेस काउन्सिलद्वारा प्रेस काउन्सिल सुरेन्द्रबहादुर बसनेत पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

प्रेस काउन्सिल गोपालदास पत्रकारिता पु्रस्कार (रु १ लाख ५१ हजार)

गोविन्दबहादुर थापा, गुल्मी (हाल काठमाडौँ)

वरिष्ठ पत्रकार गोविन्दबहादुर थापाको जन्म २००४ साल असोज १३ गते गुल्मी जिल्लामा भएको हो । समाजशास्त्र र राजनीतिशास्त्रमा एम.ए. सम्मको अध्ययन गर्नुभएका थापाले पत्रकारिताको क्षेत्रमा तीन दशकभन्दा बढी समय बिताइसक्नुभएको छ । पत्रकार थापाले विभिन्न पत्रपत्रिकाहरुमा महत्वपूर्ण जिम्मेवारी वहन गर्दै आउनुभएको छ । इं.स. १९८२ देखि १९९२ सम्म भारतबाट प्रकाशित हुने मासिक पत्रिका “नेपाली एकता” मा सम्पादक भई काम गर्नुभयो र हाल आफ्नै स्वामित्वमा रहेको हाँक साप्ताहिकमा प्रकाशक÷सम्पादकको भूमिका निर्वाह गर्दै आउनुभएको छ । तीन दशक बढी पत्रकारिता क्षेत्रमा क्रियाशील थापालाई प्रेस काउन्सिलद्वारा यस वर्ष (२०७६) प्रदान गरिने गोपालदास पत्रकारिता पुरस्कारद्वारा पुरस्कृत गरिएको छ ।

प्रतिक्रिया :