संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिल नेपालको ५० औँ वार्षिकोत्सव (स्वर्णजयन्ती) सम्पन्न

 

प्रेस काउन्सिल नेपालको ५० औँ वार्षिकोत्सव (स्वर्णजयन्ती) यही असोज ६ गते राष्ट्रपति कार्यालय शीतल निवासमा सम्पन्न भएको छ ।

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा सम्पन्न कार्यक्रममा प्रेस काउन्सिल नेपालका का.वा अध्यक्ष किशोर श्रेष्ठले काउन्सिलको वार्षिक प्रतिवेदन, मिडिया इथिक्स र संहिता हस्तान्तरण गर्नु भयो ।

कार्यक्रममा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले स्वर्णजयन्तीको अवसरमा काउन्सिललाई बधाई र शुभकामना व्यक्त गर्दै राष्ट्रिय विकासका, वातावरण संरक्षण जस्ता

विषयमा सञ्चारजगतले महत्वपूर्ण भूमिका खेल्न सक्नुपर्ने बताउनु भयो ।

विशिष्ट अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउन मिडिया काउन्सिल विधेयक पेश भएको, आमसञ्चार विधेयक पेश हुने चरणमा रहेको भन्दै आचारसंहिताको प्रभावकारी अनुगमन हुनुपर्नेमा जोड दिनुभयो ।

काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिल विभिन्न कालखण्ड पार गर्दै ५० वर्षसम्म आइपुगेकोले यहाँसम्म आइपुग्न योगदान दिने सबैमा सम्मान प्रकट गर्दै काउन्सिलले विश्वजगतमा समेत आफूलाई स्थापित गरेको बताउनु भयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष एवं काउन्सिलका सदस्य गोविन्द आचार्यले स्वर्णजयन्तीको अवसरमा काउन्सिललाई बधाई दिदै संशोधित आचारसंहिताले मिडियालाई थप विश्वसनीय बनाउने हुँदा आचारसंहिताको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनु भयो ।

विश्व प्रेस काउन्सिलका अध्यक्ष सुले अकरले नेपालको प्रेस काउन्सिलले प्रभावकारी रुपमा कार्यसम्पादन गर्दै आएको साथै विश्व प्रेस काउन्सिलमासँगै कार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

काउन्सिलको स्वर्णजयन्तीको अवसरमा विश्व प्रेस काउन्सिलकी अध्यक्ष सुले अकर सहित श्रीलंका, म्यानमार, भारत, पाकिस्तान र साइप्रसका प्रेस काउन्सिलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

काउन्सिलको स्वर्णजयन्तीको अवसरमा ३ जना कर्मचारी सहित २२ जना पत्रकार र २ सञ्चारमाध्यमलाई पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानस्वरुप पुरस्कृत गरिएको छ । यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार तीन दशक बढी पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकार गोविन्दबहादुर थापा र प्रेस काउन्सिल सुरेन्द्रबहादुर पत्रकारिता पुरस्कार पत्रकार डा. सुरेश आचार्यलाई प्रदान गरिएको छ, भने प्रेस काउन्सिल आचारसंहिता पुरस्कार दैनिक नेपालगन्ज पत्रिकाले प्राप्त गरेको छ ।

प्रेस काउन्सिल नेपालले आफ्नो स्वर्णजयन्तीको अवसर पारेर पत्रकार आचारसंहिता, २०७३ (संशोधन २०७६) जारी गर्दै प्रभावकारी रुपमा कार्यान्वयन गर्ने जनाएको छ । स्वर्णजयन्तीको अवसरमा सप्ताहव्यापीरुपमा फुटसल, रक्तदान, आचारसंहिता जागरण सहितको लोकदोहोरी तथा कार्यालय वरफर सरसफाई कार्यक्रमसमेत सम्पन्न गरिएको थियो ।

 

प्रतिक्रिया :