संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रपत्रिका वर्गीकरण स्थगन गरिएको सूचना

मिति : २०७६।०३।९

वितरण सम्परीक्षण समिति
प्रेस काउन्सिल नेपाल, सञ्चारग्राम, तिलगंगा, काठमाडौँ
पत्रपत्रिका वर्गीकरण स्थगन गरिएको सूचना

पत्रपत्रिका वितरण सम्परीक्षण समितिले आ.व. २०७४।०७५ को पत्रपत्रिकाहरुको वर्गीकरणसम्बन्धी कार्य गर्ने सन्दर्भमा वर्गीकरणको लागि आवेदन गर्ने ९१२ वटा पत्रपत्रिकामध्ये ३०६ पत्रपत्रिकाले पटक–पटक सूचना गर्दा समेत संलग्न गर्नुपर्ने कागजात पेश नगरेको कारण त्यस्ता पत्रपत्रिकाको आ.व. २०७४।०७५ को वर्गीकरण स्थगन गर्ने निर्णय भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । यसबाट मर्का पर्न गएको भए आधार र प्रमाणसहित यो सूचना प्रकाशन भएको मितिले ७ (सात) दिनभित्र समितिको सचिवालयमा सम्पर्क गर्नुहुन सूचित गरिन्छ ।

कागजात नपुग भई वर्गीकरण स्थगन भएका पत्रपत्रिकाहरुको विवरण काउन्सिलको Website: www.presscouncilnepal.gov.np मा हेर्न सकिने छ । साथै थप बुझ्नुपरेमा टेलिफोन नं. ४११२७९९, ४११२६७८ र हटलाइन ९८६०९८२३५६ मा सम्पर्क गर्न समेत सकिने छ ।

झविन्द्र भुसाल
मुख्य अधिकृत

(गोरखापत्र दैनिक २०७६ असार १० गते प्रकाशित)

कागजात छुट भएका पत्रिकाहरूको नामावली

 

प्रतिक्रिया :