संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

चलचित्र पत्रकारसँग प्रेस काउन्सिल नेपाल

असार ६, काठमाडौँ

चलचित्र पत्रकारिताको अवस्था र पत्रकार आचारसंहिता बिषयक अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको सभाहलमा सम्पन्न कार्यक्रममा चलचित्र पत्रकारितासँग सम्बन्धित बिषयवस्तुमाथि छलफल भएको हो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य चेतनाथ धमला, प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसाल, प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत रामप्रसाद पोखरेल, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई,चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटालगायत कला र सिनेमाक्षेत्रसँग सम्बन्धित पत्रकारहरुको सहभागिता थियो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका का.वा. अध्यक्ष किशोर श्रेष्ठले काउन्सिल प्रेस स्वतन्त्रताको पक्षधर भएपनि अराजकताको पक्षधर हुन नसक्ने स्पष्ट पार्नुभयो । उहाँले काउन्सिलमा आचारसंहिता उल्लंघन सम्बन्धीे उजुरीहरुको चाप बढेको उदाहरणसहित पत्रकारमा गैरजिम्मेवारीपना बढेको उल्लेख गर्नुभयो । श्रेष्ठले यो बर्ष प्रेस काउन्सिल नेपालको ५० औँ बार्षिक उत्सवको अवसरमा चलचित्र पत्रकारहरुलाई पनि समेटीने गरी पुरस्कार वितरण गगरिने वचन दिनुभयो । उहाँले अहिलेकै स्वरू र शैलिमा मिडिया काउन्सिल विधयक आउन नसक्ने आश्वासन पनि दिनुभयो ।

कार्यक्रमलाई सहजिकरण गर्नुहुँदै प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य चेतनाथ धमलाले भाषा, कला र साहित्यको संयोजन नै चलचित्र भएको बताउनुभयो । उहाँले चलचित्र भन्ने बित्तिकै नायक–नायिका मात्रैको नहुने पनि उल्लेख गर्नुभयो ।

काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले सम्बन्धित सुझवहरु समेटिने धारणा व्यक्त गर्नुभयो । उहााले न्यू मिडियाका कुराहरु छलफलकै क्रममा रहेकाले काउन्सिलले युट्युब र फेसबुकलाई नियमन गर्न नसक्ने उहाँको भनाई थियो ।

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले प्रेस काउन्सिल नेपालले चलचित्र पत्रकारलाई सम्झेकोमा खुशियाली ब्यक्त गर्दै चलचित्र पत्रकारिता कुहिरोमा हराएको कागजस्तो अवस्थामा पुगेको बताउनुभयो । काउन्सिलले जारी गरेको आचारसंहिता पढ्ने हो भने पनि पत्रकारितामा धेरै सुधार आउने उहाँको धारणा थियो । अहिलेको चलचित्र पत्रकारिता लाजमर्दो भएको भन्दै उहाँले अब राम्रा पत्रकारले छाड्ने हो भने घण्टा–घण्टामै कसले के खायो ? कुन रंगको लुगा लगायो भनेर सम्म समाचार आउनसक्ने आशंका ब्यक्त गर्नुभयो ।

चलचित्र पत्रकार संघका अध्यक्ष सन्दिप सापकोटाले अरु जस्तो पत्रकारिता नभएर चलचित्र पत्रकारिताको महत्व अभैm धेरै भएकाले समाचार लेख्दा सोचेर र बुझेर मात्र लेख्नु पर्ने बताउनुभयो ।

vचलचित्र पत्रकार नरेश भट्टराईले नेपाली चलचित्र पत्रकारिताको अवस्था डामाडोल अवस्थामा पुगेको बताउनुभयो । उहाँले पहिले पत्रकारभन्दा जुन इज्जत थियो अब युट्युव चलाउनेहरुले गर्दा पत्रकार हुँ भन्नै लानलाग्ने अवस्था आएको बताउनुभयो ।

चलचित्र पत्रकार अनुप भट्टराईले ठूला मिडिया हाउसले चलचित्र पत्रकारलाई हेपेकै कारण ब्यक्तिगत रुपमा अनलाइन चलाउनुपरेको बताउनुभयो ।

चलचित्र पत्रकार जीवन पराजुलीले सरकारले ल्याउन लागेको मिडिया काउन्सिल विधेयकले थप समस्या निम्ताउने बताउनुभयो । साना मिडिया हाउसले कर्मचारी राख्न र तलब दिन नसक्नुले वैधानिकता प्राप्त गरेका अनलाइनहरु पनि अवैधानिक हुने बताउनुभयो ।

चलचित्र पत्रकार तुल्सी गिरी भावुकले युट्युबले धेरै विकृति निम्त्याएको भन्दै कारवाहीको दायरामा ल्याइनुपर्ने बताउनुभयो । उहाँले प्रहरीले महिनौ लगाएर पत्ता लगाउन नसकेको कुरालाई पनि घण्टाघण्टामै “भयो पर्दाफास” शीर्षक दिएकै कारण गलत सन्देश प्रवाह भइरहेको बताउनुभयो ।

कार्यक्रममा चलचित्र पत्रकार संघको तर्फबाट नेपाली चलचित्र पत्रकारिता बिषयक अवधारणा पत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा ४० जनाको सहभागिता थियो ।

प्रतिक्रिया :