संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

नेपाली भाषा सम्पादन,समस्या र समाधान बिषयक प्रशिक्षण सम्पन्न

जेठ ३, काठमाडौँ

नेपाली भाषा सम्पादन, समस्या र समाधान बिषयक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ प्रा.डा. हेमनाथ पौडेलले भाषा पनि समाजजस्तै गतिशील तथा परिर्वतनशील हुने बताउनुभयो ।

प्राध्यापक डाक्टर धनप्रसाद सुवेदीले नेपाली भाषाको वर्णविन्यास लगायतका बिषयवस्तु समेटिएको ७ पृष्ठ लामो कार्यपत्र प्रस्तुत गर्नुभयो ।

प्रा.डा. कुमारप्रसाद कोइरालाले नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको बृहत् नेपाली शब्दकोषको १० औं संस्करण र नेपालको संविधान २०७२ को भाषामा धेरै भिन्नता देखिएकाले सच्चाउनुपर्ने सुझाव दिनुभयो ।

प्रा.डा. धर्मराज अधिकारीले भाषा प्रशिक्षणसम्बन्धि विभिन्न कार्यशाला सञ्चालन गर्नु पर्ने धारणा राख्नुभयो ।

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले भाषा बाँच्न सके मात्र देश बाँच्ने भएकाले यसको संरक्षणमा सबै एक हुनुपर्ने बताउनुभयो ।

कार्यक्रम सञ्चालन गर्नु हुँदै प्रेस काउन्सिल नेपालका बोर्ड सदस्य चेतनाथ धमलाले भाषा कसरी लेख्ने ? कस्तो लेख्ने ? भन्ने बिषयमा अन्योल भएकाले यसको निरुपण गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विभिन्न अनलाइनका पत्रकार तथा काउन्सिलका सबै कर्मचारीहरुको सहभागिता रहेको थियो ।

तस्वीर : विपुल पाण्डे / रिपोर्ट : सम्झना पौडेल

प्रतिक्रिया :