संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रकारिता तथा आमसञ्चार विषयका विद्यार्थीलाई प्रशिक्षण

काठमाडौं, २३ फागुन : प्रेस काउन्सिल नेपालले ख्वप माध्यमिक विद्यालय (मा.वि.) मा मानविकी संकायअन्तर्गत कक्षा १२ मा पत्रकारिता विषय लिई अध्ययनरत विद्यार्थीलाई काउन्सिल, पत्रकार आचारसंहिता, पत्रकार अचारसंहितासम्बन्धी उजुरी र कारबाही प्रक्रियालगायतका विषयमा प्रत्यक्ष जानकारी गराएको छ ।

काउन्सिलको स्थलगत अध्ययन भ्रमणमा आएका उक्त माविका ३० भन्दा बढी विद्यार्थीलाई काउन्सिलसँग सम्बन्धित विभिन्न विषयमा काउन्सिलका सहप्रशासकीय (सूचना अधिकारी) दीपक खनालले विश्लेषणात्मक एवं सूचनामूलक जानकारी दिनुभएको थियो । उहाँले आमसञ्चारमाध्यमको बढ्दो क्रम, गुणस्तर र काउन्सिलको पछिल्लो गतिविधि, प्रभावकारिता, जनशक्ति उजुरीको स्थिति, पत्रकारिता तथा आमसञ्चार विषयका अवसरहरु लगायतका सन्दर्भमा प्रकाश पार्नुभएको थियो ।

यसैगरी सूचना प्रविधि/अभिलेख/अचारसंहिता अनुगमन (विद्युतीय) शाखा प्रमुख उप–प्रशासकीय रामशरण बोहराले आचारसंहिता उल्लंघन गरेका मिडियाहरुको विवरण, विद्युतीय सञ्चारमाध्यमको दर्ता तथा सूचिकरणको स्थिति र विद्युतीय सञ्चारमाध्यममा भएका आचारसंहिता उल्लंघनका तथ्य, कारण र अवस्थाबारे जानकारी गराउनुभएको थियो ।
छापामाध्यम अनुगमन शाखाका प्रमुख अनुगमन अधिकृत सुरेन्द्र मल्लले छापा माध्यममा हुने गरेका आचारसंहिता उल्लंघनका घटना, अवस्था, उजुरी गर्ने प्रक्रिया र काउन्सिलको स्वअनुगमनबारे अवगत गराउनुभएको थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीबाट उठाइएका जिज्ञासाहरुको सूचना प्रविधि/अभिलेख/अचारसंहिता अनुगमन (विद्युतीय) शाखा र छापामाध्यम अनुगमन शाखाका संयोजक समेत रहनुभएका सहप्रशासकीय अधिकृत खनाल, उप–प्रशासकीय अधिकृत बोहरा र अनुगमन अधिकृत मल्लले सम्वोधन गर्नु भएको थियो । कार्यक्रममा मिडिया अनुगमनकर्ता लोकराज भट्ट र बिपुल पाण्डेले सहजीकरण गर्नुभएको थियो ।

शब्द : लोकराज भट्ट
तस्बीर : बिपुल पाण्डे

प्रतिक्रिया :