संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

साहित्यिक पत्रकार संघका पदाधिकारी र काउन्सिलबीच साहित्यिक पत्रपत्रिकाको मूल्यांकन मापदण्ड २०७५ मस्यौदामा छलफल सम्पन्न ।

प्रेस काउन्सिल नेपालले विगत वर्षहरुदेखि साहित्यिक पत्रपत्रिकाहरुलाई सम्वन्धित क्षेत्रका विशेषज्ञहरुबाट पत्रिकाको समग्र विषयवस्तु, भाषा, स्तरीयता एवं साजसज्जाहरुलाई आधार मानेर सम्वन्धित विषय विज्ञहरुबाट प्राप्त राय, सुझावका आधारमा साहित्यिक पत्रपत्रिकाहरुलाई वर्गीकरण गर्दै आएको परिप्रेक्ष्यमा यसलाई यथार्थपरक, वैज्ञानिक, पारदर्शी र नतिजामूलक बनाउने उद्देश्यले सम्वन्धित विशेषज्ञहरुसंग २०७५।९।२ गते मापदण्डको मस्यौदा उपर बृहत् छलफल ग¥यो ।

प्रेस काउन्सिल नेपालद्वारा गठित विधागत पत्रकारिता उपसमितिद्वारा आयोजित उक्त कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष नगेन्द्रराज शर्मा, वरिष्ठ साहित्यकार रोचक घिमिरे, मोहन दुवाल, ज्ञानु पाण्डे, भूपाल राई, प्रकाश सिलवाललगायतका महानुभावहरुले साहित्यिक पत्रिका अन्य पत्रिका भन्दा फरक प्रकृति भएकोले यसको वितरण क्षेत्र, प्रकाशन संख्या भन्दा पनि विषयवस्तु, स्तरीयता, गुणस्तर, भाषा, मौलिकता, साजसज्जा र विषय विविधताका साथै निरन्तरतालाई आधार मानेर निश्चित अंकहरु प्रदान गर्दा साहित्यिक पत्रिकाहरुलाई प्रोत्साहित हुनेमा यो छलफलले मद्दत पुग्ने धारणा राख्नु भएको थियो । साहित्यिक पत्रपत्रिकालाई अरु बिधाका पत्रपत्रिकाको मापदण्डबाट मूल्यांकन गर्नु न्यायोचित नहुने र मूल्यांकनको पारदर्शिता पनि कायम गर्नुपर्ने भएकोले विशिष्ट मापदण्ड चाहिएको धारणा व्यक्त गरिएको थियो । साहित्यिक पत्रकारहरुको सुझावहरुलाई समेट्ने प्रयास स्वरुप यो छलफल आरम्भ गरिएको हो । साहित्यक पत्रकारहरुको सुझाव अनुरुप साहित्यिक पत्रपत्रिकाहरुको हकमा वर्गीकरण फाराम भर्दा राष्ट्रिय स्तरकालागि रु. १५०० प्रदेश स्तरकालागि १००० र स्थानीय स्तरकालागि ५०० रुपैयाँ दरखास्त शुल्क तोकिता उपयुक्त हुने सहभागीहरुको धारण रहेको थियो । उल्लेखित छलफल कार्यक्रममा साहित्यिक व्यक्तित्वहरुले अनलाइनको विकासको कारणबाट साहित्यिक पत्रपत्रिकाको पाठक पाउन नसकेको, प्रकाशन खर्च बढीरहेको, व्यवसायिक विज्ञापनहरु पाउन नसकेको, शुल्क महंगो भएका कारण ग्राहकलाई रजिष्ट्री गरेर हुलाकमार्फत पत्रिका घर ठेगानामा पठाउन नसक्दा बनेका सिमित ग्राहक टिकाउन समेत मुश्किल परेको जस्ता समस्या राख्नु भएको थियो । साहित्यक पत्रपत्रिका वर्गीकरणको लागि काउन्सिलले तोकेको आवेदन दस्तुर महंगो भएकोले आवेदन दस्तुर कम गर्न पनि उहाँहरुले काउन्सिललाई सुझाव दिनु भयो ।

उक्त छलफल कार्यक्रममा साहित्यिक पत्रकार संघका अध्यक्ष नगेन्द्रराज शर्मा, उपाध्यक्ष रामसाद पन्त, महासचिव मोहन दुवाल, वरिष्ठ साहित्यकार रोचक घिमिरे, ज्ञानु पाण्डे, प्रकाश सिलवाल, भूपाल राईको उपस्थिति रहेको सो कार्यक्रममा काउन्सिलका तर्फबाट काउन्सिलका सदस्यद्वय चेतनाथ धमला, गोपाल बुढाथोकी र मुख्य अधिकृत झविन्द्र भुसालले साहित्यिक पत्रपत्रिकाको विकासकोलागि काउन्सिलबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

प्रतिवेदन प्रस्तुतिः रामप्रसाद पोखरेल
सचिव,विधागत पत्रकारिता उपसमिति
२०७५।९।२ गते सोमवार ।

प्रतिक्रिया :