संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रकारितामा कर्तव्य, अधिकार र मर्यादालाई संगसंगै लैजानुपर्ने

काठमाडौं / सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले प्रेस काउन्सिल नेपालको आइतबार अवलोकन भ्रमण गर्नुभएको छ ।

सो अवसरमा आयोजित छलफल कार्यक्रममा बोल्नुहुँदै राज्यमन्त्री बास्कोटाले प्रेस काउन्सिल नेपाललाई सशक्त नियमनकारी निकायको रुपमा स्थापित गरी संघीय ढाँचामा पुनर्संरचना गर्नुपर्ने, काउन्सिलको बुढो ऐनलाई तत्काल संशोधन गर्नुपर्ने, पत्रकारितामा कर्तव्य, अधिकार र मर्यादालाई संगसंगै लैजानुपर्ने, पत्रकारितालाई नियन्त्रण होइन कडा नियमन गर्नुपर्ने औल्याउदै छाडा कुरा गरेर पत्रकारिता हुन नसक्ने धारणा राख्नुभयो । प्रेस पासको दुरुपयोग भइरहेकोप्रति त्यसलाई व्यवस्थित गर्नुपर्ने, विधिको शासनमा व्यक्तिको अनुहार हेर्न नमिल्ने धारणा राख्दै भन्नुभयो — मेरै पार्टीको भएपनि नछोड्नुस, तथ्यमा आधारित फैसला गर्नुहोला, किनकी सत्यसामु सवै नतमस्तक हुन्छन्, सत्य कहिल्यै लुक्दैन । अझैं पनिहामी परिवर्तनको लडाईँमा छौं । ‘

पत्रकारिता क्षेत्रमा लामो अनुभव हाशिल गर्नुभएका राज्यमन्त्री बास्कोटाले हालसालै आफू केही मिडियाबाट अतिरञ्जित र अवान्छनीय आरोपको शिकार भएको पनि उल्लेख गर्नुभयो । 

प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले भन्नुभयो —प्रेस काउन्सिलको क्षेत्राधिकार मिचेर अदालतले प्रेस स्वतन्त्रताको नाममा उदारता देखाउँदा आचारसंहिताको गम्भीर उल्लंघन गर्ने अराजक व्यक्तिले मुक्ति पाएकाछन् । तर धेरै मिडियाले काउन्सिलको कामकारवाहीप्रति सकारात्मक रेस्पोन्स पनि गरेका छन् । काउन्सिलको पुनर्संरचना गरी प्रादेशिकस्तरमा विस्तार गर्ने र काउन्सिलबाटै प्रेस पास दिने व्यवस्थाको लागि कानुनी प्रावधान निर्माण प्रक्रिया छ  ।

सो अवसरमा प्रेस काउन्सिल नेपालका निमित्त मुख्य अधिकृत दीपक खनालले प्रेस काउन्सिलको संक्षिप्त कार्यपत्र प्रस्तुति गर्नुभएको थियो भने अनुगमन अधिकृत रहमतुल्ला मियाँले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

न्युज रिपोर्ट : महेन्द्रराज सिंह, २०७४ चैत्र २५ गते आईतबार ।

प्रतिक्रिया :