संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

सिन्धुलीमा पत्रकार आचार संहिता र पत्रपत्रिका वर्गीकरण अन्तरक्रिया सम्पन्न

२०७४ चैत्र ५ गते सिन्धुली सरदमुकाम सिन्धुलीमा प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासंघ सिन्धुली शाखाको संयोजनमा पत्रकार आचारसंहिता जागरण तथा पत्रपत्रिका वर्गीकरण अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्कीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख शंकरराज वर्मा रहनु भएको थियो । कार्यक्रमको उद्देश्य माथि काउन्सिलका सदस्य गोविन्दप्रसाद चौलागाईले प्रकाश पार्दै पत्रकारिता जगत् आप्mनो पेशा र मर्यादामा रहेर अघि वढ्ने अपेक्षा गरिएको वताउनु भयो । पत्रकातिाजगत् समाज र राष्ट्र हितको निम्ति लाग्नु पर्ने भन्दै साना लगानीका पत्रपत्रिकाहरु संचालन गर्न निकै कठिनाई रहेको उल्लेख गर्नु भयो । साना लगानीका पत्रिका संरक्षणकालागि थप केही सुविधा दिने व्यवस्था हुँदा देशभरका साना पत्रिकालाई राहत पुग्ने बताउनु भयो ।


पत्रकार आचारसंहिता र पत्रपत्रिकाको वर्गीकरण विषयमा कार्यपत्र प्रस्तुत गर्दै काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले पत्रकार आचारसंहिताको विकास, पछिल्लो पत्रकार आचारसंहिताका मुख्य प्रावधान, आचारसंहिता अनुगमनको क्रममा देखिएका विषय, पत्रपत्रिकाको वर्गीकरण प्रकृया र देखिएका समस्याको जानकारी गराउदै देशभर अन्तरक्रिया कार्यक्रममार्फत् आचारसंहिता जागरण अभियान अन्तर्गत सिन्धुलीमा जागरण अभियान काउन्सिलले संचालन गरेको बताउनु भयो ।

छलफलको क्रममा उठेका प्रशनका सम्बन्धमा काउन्सिलका सदस्य इश्वरी ओझाले प्रष्ट पार्नु भएको थियो । प्रेस काउन्सिल नेपालका सदस्य ओझाले पत्रकारहरुको सुझावहरुलाई आत्मसात् गर्दै काउन्सिल अघि वढ्ने बताउनु भयो । पत्रपत्रिका वर्गीकरण कार्यलाई अझ पारदर्शी, समयसापेक्ष, निष्पक्ष एवं वैज्ञानिक र यथार्थपरकरुपमा अघि वढाइने छ भन्नुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकाखरी नुरहरि खतिवडा, नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाका सभापति अशोक श्रेष्ठ, उद्योग वाणिज्य संघ सिन्धुलीका महासचिव अर्जुन श्रेष्ठ, गैह्रसहकारी महासंघ, सिन्धुलीका अध्यक्ष वेदराज दाहाललगायतले पत्रकारिता गरेर जीविकोपार्जन गर्नसक्ने पेशाको रुपमा विकसित गर्न र समुचित वातावरण वनाउनेतर्फ पहल हुनु पर्ने बताउँदै सिन्धुलीको पत्रकारिता सकारात्मक रुपमा अघि वढ्ने अपेक्षा गरिएको उल्लेख गरेका थिए । त्यस्तै पत्रकार शंकर कार्की, वाइपी विनय, विदुर पौडेलले पत्रकारिताको अवस्था र काउन्सिलको भूमिका एवं काउन्सिलसँगको अपेक्षका बारेमा धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया :