संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

नवनियुक्त अध्यक्ष भवानीप्रसाद बरालको स्वागत

काठमाडौं र नेपाल सरकारद्वारा २०७४ जेठ ४ गते नियुक्त प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष भवानीप्रसाद बराललाई आज एक कार्यक्रमबीच स्वागत गरियो ।2 (2) (Large)

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिस्टले मिडियाको संख्यात्मक वृद्धि भएको र गुणस्तरतालाई ध्यान दिई बदलिदो परिस्थितिमा काउन्सिलले स्वतन्त्र र स्वायत्त निकायकोरुपमा स्थापित भई आफ्नो भूमिकालाई फराकिलो पार्दै जानुपर्ने कुरामा जोड दिनुभयो भने प्रेस काउन्सिलका निमित्त अध्यक्ष किशोर श्रेष्ठले भन्नुभयो – काउन्सिल अहिले नयाँप्रविधियुक्त छ, उच्च ओहोदाका महानुभावहरु उजुरीका लागि आउनुभएको छ, राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा सम्वन्ध विस्तार गरेको छ, त्यसैले तथ्यहीन र सतही कुराका पछि नलागौ ।

प्रेस काउन्सिल कर्मचारी संघका अध्यक्ष मानबहादुर लामिछानेले जनशक्ति व्यवस्थापन गर्दै काउन्सिलको भूमिकालाई प्रभावकारी बनाउन जोड दिनुभयो । पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष शान्तराम बिडारी  लगायत काउन्सिल पदाधिकारी तथा कर्मचारीले पुष्पगुच्छा, खादा-फूलमालाले स्वागत गर्नुभयो । आजै अध्यक्ष भवानीप्रसाद बरालले सपथग्रहण र पदबहाली गर्नुभई बिगतको समिक्षा गरी स्वस्थ, मर्यादित र जवाफदेही पत्रकारिताको बिकासका लागि एकताबद्ध भएर काम गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । सो अवसरमा बरालले आफु आवद्ध संचारमाध्यमवाट राजीनामा दिई काउन्सिल प्रवेश गरेको बताउदै भन्नुभयो —  म आजदेखि सबैको साझा भए, सबैको साथ र सल्लाहमा अघि बढ्नेछु । अध्यक्ष बरालसंग पत्रकारिता क्षेत्रको लामो अनुभव रहेको छ ।

रिपोर्टरतस्विर – महेन्द्रराज सिंह, २०७४ जेठ ७ गते आइतबार ।

प्रतिक्रिया :