संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

मौन अवधिमा ३९ मिडियाका ७६ सामग्रीमा आचारसंहिता उल्लंघन

काठमाडौँ, जेठ १ गते । स्थानीय तहको निर्वाचन २०७४ प्रथम चरण निर्वाचनको मौन समयाबधि (बैशाख २९– ३१ गते) मा ३९ सञ्चारमाध्यमका ७६ वटा सामग्री निर्वाचन आचारसंहिता विपरीत प्रकाशन÷प्रशारण भएको पाईएको छ ।
प्रेस काउन्सिलले निरन्तर अनुगमन गर्नेक्रममा जेठ १ गते आज सार्वजनिक गरेको प्रतिवेदन अनुसार निर्वाचन आचारसंहिता उल्लंघन गर्नेहरुमा छापामाध्यम अग्रपंक्तिमा देखिएको छ । त्यस्तै अनलाईन ९ वटा र टेलिभिजन ४ वटाले उल्लंघन गरेकाछन् भने त्यसैगरी पत्रकार र तिनले प्रयोग गर्ने फेसबुकबाट पोष्ट भएका १२ वटा सामग्रीले आचारसंहिता आकर्षित भएको पाईयो ।
मौनअबधिमा पत्रकार, उम्मेदवार तथा कसैले पनि राजनीतिक दलको प्रचार–प्रसार, गालीगलौज गर्न नपाईने व्यवस्था रहेको छ । निर्वाचन आचारसंहिताको अनुगमन गरिरहेको काउन्सिलले सम्वन्धित उल्लंघनकर्तालाई तत्काल एलर्ट गर्नुको साथै निर्वाचन आयोगलाई नियमित प्रतिवेदन गरिरहेको छ । मौन अवधि शुरु हुनुअघि ६२ वटा आमसञ्चारमाध्यमका ११५ सामग्रीमा निर्वाचन आचारसंहिता उल्लंघन भएको पाईएको थियो ।
18492028_1318274461582977_330922843_n (1)

प्रतिक्रिया :