संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

सञ्चारमाध्यममा निर्वाचन आचारसंहिता अनुगमन सम्वन्धमा पत्रकार सम्मेलन

स्थानीय तह निर्वाचन, २०७४ 
सञ्चारमाध्यममा निर्वाचन आचारसंहिता अनुगमन सम्वन्धमा
प्रेस काउन्सिल नेपालको पत्रकार सम्मेलन

काठमाडौं÷प्रेस काउन्सिल नेपालले मंगलबार राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी स्थानीय तह निर्वाचन, २०७४ को निर्वाचन आचारसंहिताको अनुगमनसम्वन्धि संक्षिप्त प्रतिवेदन सार्वजनिक गरेको छ । आमसञ्चारमाध्यम (रेडियो, टेलिभिजन, अनलाइन, पत्रपत्रिका) मा निर्वाचन आचारसंहिता उल्लघंनको प्रवृत्तिको बस्तुस्थिति समेटिएको प्रतिवेदनमा आचारसंहिता उल्लघंन गर्नेहरुमा पत्रपत्रिका र अनलाइन अग्रपंक्तिमा छन् । press conference (3)

उक्त पत्रकार सम्मेलनमा प्रेस काउन्सिल नेपालका निमित्त अध्यक्ष किशोर श्रेष्ठले निर्वाचनको भविश्यबाणी गर्ने ज्योतिषी बन्नु, अरुलाई खवरदारी गर्ने अंगले अनुशाषित बन्न नसक्नु दुःखद भन्दै स्वस्थ, मर्यादित पत्रकारितामा गर्न आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्टले एकपक्षीय प्रचार नभै सन्तुलितरुपमा प्राथमिकता दिनुपर्ने, मिडियाले प्रेस स्वतन्त्रताको सीमाभित्र रही कोही कसैलाई घृणा, लाञ्छना नलगाई आचारसंहिताको अक्षरस पालना गर्दै ऐतिहासिक स्थानीय तहको निर्वाचनलाई सफल बनाउनुपर्ने भन्दै प्रेस स्वतन्त्रताको रक्षाका लागि प्रेस काउन्सिल र पत्रकार महासंघ क्रियाशील रहेको बताउनुभयो ।

कार्यक्रममा मुख्य अधिकृत झविन्द्र भुसालले २५ वटा सञ्चारमाध्यममा ३१ वटा सामग्रीहरु निर्वाचन आचारसंहिता आकर्षित भएको साथै सामाजिक सञ्जाल फेसबुक प्रयोगकर्ता २ जनाको पोष्ट भएको सामग्रीलाई रिपोर्टमा समेटेको र पत्रकार आचारसंहिताका साथै निर्वाचन आचारसंहिताको उल्लघंनकर्ताहरुलाई ध्यानाकर्षणको साथै सचेत गर्न आवश्यक कार्यवाही अघि बढाईएको बताउँदै गुणात्मक अनुगमन प्रणालीको दैनिकरुपमा र संख्यात्मक अनुगमन प्रणालीको साप्ताहिकरुपमा निर्वाचन आयोगलाई रिपोर्टिङ् भैरहेको बताउनुभयो ।

छापा तथा बिद्युतीयमाध्यम अनुगमन उपसमिति संयोजकहरु क्रमशः सहप्रशासकीय अधिकृत दीपक खनाल र उप प्रशासकीय अधिकृत रामशरण बोहराले उल्लघंनको अवस्था, प्रकृतिबारे स्पष्ट पार्नुभयो ।

रिपोर्ट–तस्विर: महेन्द्रराज सिंह,
२०७४ बैशाख २६ गते, काठमाडौं ।

प्रतिक्रिया :