संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

सञ्चारमन्त्रीद्वारा प्रेस काउन्सिल नेपाल भिजिट

निर्वाचन आचारसंहिता अनुगमनको अवस्थाबारे जिज्ञासा

काठमाडौं÷सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बैशाख २६ गते मंगलबार प्रेस काउन्सिल नेपालमा भिजिट गर्नुभएको छ । आमसञ्चारमाध्यममा निर्वाचन आचारसंहिताको अनुगमनको वस्तुस्थितिबारे जानका
री लिन काउन्सिल पुग्नुभएका सञ्चारमन्त्री कार्कीले अनुगमनको तौरतरिका, चुनौती लगायत बस्तुस्थितिबारे जिज्ञासा राख्नुभएको थियो । सो अवसरमा सञ्चारमन्त्री कार्कीले प्रविधिमैत्री काउन्सिलको कृयाकलापप्रति प्रशंशा गर्नुभएको थियो ।

काउन्सिलका उप–प्रशासकीय अधिकृत रामशरण बोहराले काउन्सिलमा उपलब्ध प्रविधिबाट रेडियो, टेलिminister visit (2)भिजन, अनलाइनको चौविसैघण्टा अभिलेखीकरण भैरहेकामा अभिलेख गरिएका तथा टेलिभिजनबाट लाइभ प्रसारण भैरहेको बिषयबस्तुमाथि अनुगमन केन्द्रीत रहेको बताउँदै प्रविधिबारे स्पष्ट पार्नुभयो भने मुख्य अधिकृत
झविन्द्र भुसालले आचारसंहिता उल्लंघनका केसहरुमाथि तत्कालै आवश्यक कार्बाही गरिएको बताउनुभयो ।
मन्त्रीका साथमा नेपाल पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्ट, सञ्चार मन्त्रालयका सचिब महेन्द्रबहादुर गुरुङ्को सहभागिता रहेको थियो ।
स्थानीय तह निर्वाचन, २०७४ को मिडियामा निर्वाचन आचारसंहिता अनुगमन प्रेस काउन्सिल नेपालले गर्दै आएको छ ।

रिपोर्ट–तस्विर: महेन्द्रराज सिंह,
२०७४ बैशाख २६ गते, काठमाडौं ।

प्रतिक्रिया :