संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारबाट गोविन्द आचार्य सम्मानित

काठमाडौं÷यस बर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कारबाट  पत्रकार गोविन्द आचार्य सम्मानित हुनुभएको छ । तिराम–३, प्यूठानमा जन्मनुभएका र २०४९ सालदेखि पत्रकारिता पेशा अंगाल्नुभएका आचार्यले मातृभूमि साप्ताहिकबाट लेखनी शुरु गर्नुभई जनादेश, जनदिशा, संष्लेषण, नवचेतना, युगप्रवाह लगायतका सञ्चारमाध्यमबाट समाज जागरणमा महत्वपूूर्ण भूमिका निभाउँदै जनादेशको सम्पादक भएकै कारण १३ महिना जेल राखिएको थियो । आचार्यलाई शान्तिप्रक्रियापछि नेपाल सरकारले न्युनतम् पारिश्रमिक निर्धारण समितिको अध्यक्ष, प्रेस काउन्सिल नेपालको सदस्य, श्रमजीवी पत्रकार नियमावली, सुचनाको हकसम्वन्धी नियमावलीको कार्यदल सदस्य लगायतको नीतिनिर्माणको तहमा जिम्मेवारी दिएको थियो । हाल प्रधानमन्त्रीका प्रेस सल्लाहकार रहनुभएका आचार्यले चीन, थाईलेण्ड, भारत, पाकिस्तान, दुवई, मलेशियाको भ्रमण गर्नुभएको छ । आचार्यले दुई दर्जन बढी पत्रकारितासम्वन्धी तालिम प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया :