संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिल बर्ष कर्मचारी पुरस्कारबाट वोहरा र महर्जन सम्मानित

प्रेस काउन्सिल बर्ष कर्मचारी पुरस्कारबाट काउन्सिलका सूचना प्रविधि अधिकृत रामशरण वोहरा र कार्यालय सहयोगी श्यामवावु महर्जन सम्मानित भएकाछन् ।

रामशरण बोहरा

थुमपाखर २, सिन्धुपाल्चोकमा जन्मनु भएका बोहरा प्रेस काउन्सिल नेपालको सेवामा २०५४ सालमा प्रवेश गर्नुभई हाल सूचना प्रविधि अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ । काउन्सिलको सेवामा प्रवेशसँगै उहाँले पत्रपत्रिकाको विद्युतीय अभिलेख निर्माण, काउन्सिलमा सूचना प्रविधिको वृहत्तर विकासमा महत्वपूर्ण योगदान प्रदान गर्दै आउनुभएको छ । boharaउहाँले २०६४ सालमा सम्पन्न प्रथम संविधानसभा निर्वाचन र २०६५ सालमा सम्पन्न संििवधानको उपनिर्वाचनमा मिडिया अनुगमनमा काउन्सिलको तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गनुभएको थियो । हाल उहाँ विद्युतीय संचारमाध्यम अनुगमन (टेलिभिजन, रेडिया र अनलाइन) मा समेत सक्रिय भूमिका निर्वाह गर्नुका साथै मिडिया अनुगमनमा अत्याधुनिक प्रविधि अवलम्बन गर्ने सम्बन्धमा क्रियाशील रहँदै आउनु भएको छ । उहाँले २०४९ सालदेखि सूचना प्रविधि क्षेत्रमा अध्ययन, अध्यापन एवं क्रियाशील उहाँले समाजशास्त्र तथा मानवशास्त्रमा स्नातकोत्तर गर्नुभएको छ भने सूचना प्रविधिका क्षेत्रमा विभिन्न तहका व्यावसायिक शिक्षा हासिल गर्नु भएको छ । भारत, चीनलगायतका देशहरुमा भ्रमण गर्नुभएका बोहरालाई प्रेस काउन्सिल नेपालको सेवामा उत्कृष्ठ योगदान पुर्याएवापत यस वर्षको प्रेस काउन्सिल वर्ष कर्मचारी पुरस्कार प्रदान गरिएको हो ।

श्यामबाबु महर्जन

ठेंचो गाविस वडा नं. ५ ललितपुर निवासी बुबा बिसलाल महर्जन तथा आमा रत्न महर्जनको कोखबाट २०१५ चैत १७ गते जन्मनु भएका महर्जन प्रेस काउन्सिल नेपालको सेवामा २०४१ सालमा प्रवेश गर्नुभई हाल कार्यालय सहयोगी पाँचौंस्तरमा shyamकार्यरत हुनुहुन्छ । काउन्सिलको सेवामा हाल कार्यरत कर्मचारीमध्ये सबैभन्दा जेष्ठ कर्मचारी हुनुहुन्छ । उहाँ आगामी २०७३ चैत महिनामा उमेर हदका कारण सेवा निवृत्त हुँदै हुनुहुन्छ । महर्जन हाल प्रेस काउन्सिलको वितरण संपरीक्षण शाखामा कार्यरत हुनुहुन्छ । महर्जनले प्रेस काउन्सिल नेपालको सेवामा निरन्तर, निष्ठापूर्वक सेवा गरेवापत पुरस्कृत गरिएकोे हो ।

प्रतिक्रिया :