संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिल नेपालको ४७ औं बार्षिकोत्सव समारोहमा मन्तव्य

सम्पानीय राष्ट्रपतिज्यू,
माननीय सूचना तथा सञ्चारमन्त्रीज्यू
नेपाल सरकारका विशिष्ट अधिकृतज्यूहरू
नेपाल पत्रकार महासंघका अध्यक्षज्यू,
प्रेस काउन्सिल नेपालका वर्तमान तथा पूर्व सदस्यज्यूहरू
सूचना विभागका महानिर्देशक तथा प्रेस काउन्सिल सदस्यज्यूहरू,
आमन्त्रित विशिष्ठ महानुभावहरू
पत्रकार मित्रहरू
प्रेस काउन्सिलका कर्मचारी साथीहरू
सबैमा प्रेस काउन्सिलको तर्फबाट हार्दिक अभिवाद गर्दछु ।
हाम्रो निमन्त्रणालाई हार्दिकता पूर्वक स्वीकार गरी प्रेस काउन्सिलको ४७ औं वार्षिक उत्सवलाई ऐतिहासिक गरिमामय बनाई दिनु भएको सम्मानीय राष्ट्रपतिज्यूको हार्दिक स्वागत गर्दछु ।
प्रेस काउन्सिलको ४७ औं वार्षिक उत्सवमा समुपस्थित सम्मानीय राष्ट्रपतिज्यूको हार्दिक स्वागता गर्दछु । हाम्रो निमन्त्रणालाई हार्दिकपूर्वक स्वीकार गरी प्रेस काउन्सिलको वार्षिक उत्सवलाई ऐतिहारिक र गरिमामय बनाई दिनु भएकोमा सम्माननीय राष्ट्रपतिज्यूलाई हार्दिक धन्यावद दिन चाहान्छु
वार्षिक उत्सवको विशिष्ट अतिथि माननीय सूचना तथा सञ्चार मन्त्रीज्यूको हार्दिक स्वागत गर्दछु र यो कार्यक्रमलाई विशेष महत्व दिनु भएकोमा उहाँलाई धन्यवाद ज्ञापन गर्दछु ।
साथै यहाँ उपस्थित विशिष्ट व्यक्तिहरू एवं आमन्त्रित व्यक्तित्वहरू, पुरस्कृत व्यक्तित्वहरू र पत्रकार मित्रहरूको हार्दिक स्वागत गर्दछु । प्रेस काउन्सिलको वार्षिक उत्सवलाई सफल बनाई दिन उपस्थित हुनु हुने सम्पूर्ण महानुभावलाई धन्यवाद ज्ञापन गर्दछु ।
प्रेस काउन्सिलको ४७ औं वार्षिक उत्सवको सन्दर्भमा नेपाली सञ्चार माध्यम, पत्रकारको स्थिति र प्रेस काउन्सिलले खेलि रहेको भूमिकाका सम्बन्धमा संक्षिप्तमा केही कुरा राख्ने अनुमति सम्मानीय राष्ट्रपतिज्यू, माननीय मन्त्रीज्यू समक्ष अनुमति चाहान्छु
प्रेस काउन्सिल नेपाल सम्पूर्ण सञ्चार माध्यम र पत्रकारहरूको नियमन गर्ने एकमात्र वैधानिक, स्वयत्त संस्था हो । सञ्चार माध्यमको हकहित र प्रेस स्वतन्त्रताको संरक्षण र सम्वद्र्धन गर्नु, आचारसंहिताको निर्माण र पालनालाई सञ्चारमाध्यम र पत्रकारहरूलाई राष्ट्र, समाज र नागरिकप्रति जिम्मेवार र उत्तरदायी बनाउनु यो संस्थाका घोषित उद्देश्य हुन । यी उद्देश्यहरू पुरा गर्न प्रेस काउन्सिलले कस्तो भूमिका निर्वाह गरेको छ त्यसैको कसीमा यो संस्थाको मूल्याँकन नहुने हो भन्ने यर्थाततालाई प्रेस काउन्सिलले आफ्नो ४१ औं वार्षिक उत्सवमा गम्भीरता पूर्व आत्मा समिक्षा गरेको छ ।
प्रेस काउन्सिल आमजनता र पत्रकारिता क्षेत्रीबीच समन्वयकारी भूमिका निभाउने संस्था हो । एकातर्फ प्रेस काउन्सिल नेपाल आमसञ्चार र पत्रकार र प्रेस स्वतन्तत्रताको पक्षमा दृढतापूर्वक खडा हुनुपर्दछ भने अर्कोतर्फ प्रेस स्वतन्त्रताको दुरूपयोग गरी राष्ट्र, समाज र नागरिकलार्य आघात पु¥याउने सञ्चार र पत्रकार माध्यमलार्य जिम्मेवार र उत्तरदायी बनाउन कारवाही पनि गर्नुपर्ने हुन्छ । यी दुई भिन्न प्रकृतिका दायित्वलाई निर्वाह गर्दा गर्नुपर्ने सन्तुलन गनृ प्रेस काउन्सिलकोे लागि निकै चुनौतिपूर्ण हुन्छ । पत्रकारिता राष्ट्रको लागि, पत्रकारिता आमजनताको लागि भन्ने मूलमन्त्रलाई आत्मासात गरी प्रेस काउन्सिलले आफ्नो भूमिका निभाउँदैै आएको छ । नेपाली पत्रकारिता क्षेत्रमा छोटो समयमा अभूतपूर्वक विकास मात्र भएको छैन यो क्षेत्रले राष्ट्र जनताप्रति जिम्मेवार र उत्तरदायि भूमिका पनि निभाउँदै आएको छ । राजनीतिक अस्थिरताको बेला, सामाजिक द्वन्द भड्किएको बेला, आपत्त र विपत्तको बेला नेपाले सञ्चारमाध्यमले निभाएको भूमिका प्रसंशनीय छ । नयाँ संविधान निर्माण र कार्यान्वयनमा जाजाति, भाषा–भाषी, धर्म सम्प्रदाय र क्षेत्र बीचको द्वन्दमा भ्रष्ट्राचार जस्तो विर्कतिहरूको नियन्त्रणमा यो क्षेत्रले खेलेको भूमिका उल्लेखनिय छ । यस्तो सकारात्मक भूमिकाको लागि नेपाली पत्रकारिता जगतलार्य प्रेस काउन्सिल धन्यवाद दिन चाहान्छ ।
नेपाली पत्रकारिताजगतको विकास त भएको छ तर अव्यवस्थित रूपमा छ । समयमै यो क्षेत्रलाई व्यवस्थित गर्न सकिएन भने भएका उपलब्धीहरू गुम्ने स्थिति तिव्रगतिमा विकास भएको छ । संचालित भईरहेका सञ्चारमाध्यमलार्य दिगो, टिकाउ र प्रभावरकाी बनाउने पूर्वाधार आवश्यकताका आधारमा नयाँ सञ्चारमाध्यम स्थापना गर्ने वातावरण बनाउने, मोफसलका सञ्चारमाध्यमलाई आर्थिक रूपमा सक्षम बनाउने पक्षमा प्रेस काउन्सिलले नीति निर्माण गर्ने गृहकार्य गरी रहेको छ ।
नेपाली पत्रकरिता जगतमा केही वर्षयता गम्भीर प्रकृतिका विकृति र विसंगतीहरू देखापरेका छन् यस्ता विकृति र विसंगतिहरूलाई समयमै नियन्त्रण र निरूउत्साहित गर्न सकिएन भने यो क्षेत्रले गरेको विकास धेरै समय टिकाउन हुन नसक्ने मूल्याँकन प्रेस काउन्सिलको छ ।
सञ्चार माध्यममा अपारदर्शी लगानी गरी आफ्नो अनुचित धन्दा संरक्षण गर्ने, सञ्चार माध्यमलाई राजनीतिक हथहण्डा र अनुचित लाभका लागि प्रयोग गर्ने, श्रमजीवि पत्रकारहरूलाई काम लगाउने तर पारिश्रमिक नदिने आदि मुख्य विकृतिहरू हुन् ।
नेपाली पत्रकारिता क्षेत्रको विकास त भएको तर सन्तुलित छैन । यो क्षेत्रमा महिला, जनजाति, मधेशी र दलित समुदाय, पिछडिएका क्षेत्रको सहभागीता न्यून छ । सञ्चार माधयममा उनीहरूका विषयवस्तुलाई उचित स्थान दिने गरेको पाइदैन । विशेषत नेपाली पत्रकारिता क्षेत्र महिलाप्रति पूर्वाग्राही रहदै आएको छ । राज्यको महत्वपूर्ण पद र स्थानमा महिलाहरू पुग्दा पनि उनीहरूले निभाएका उदाहरणीय भूमिकालार्य स्थान नदिने दिएपनि निरूउत्साही गर्ने मनसायले दिने यो क्षेत्रको नकारात्मक मनोविज्ञान रहेको छ । यो समस्याहरूको प्रभावकारी रूपमा समाधान गर्न प्रेस काउन्सिल लागि परेको छ ।
सञ्चारमाध्यम र पत्रकारहरूलाई राष्ट्र, समाज र नागरिकप्रति जिम्मेवार र उत्तरदायि बनाउने मुख्य आचारसंहिताको पालना नै हो । प्रेस काउन्सिललाई अभिभावक संस्थाको रूपमा स्वीकार नगर्ने सञ्चारमाध्यम र पत्रकारहरूले जे गरे पनि हुन्छ भन्ने मनोविज्ञानबाट निर्देशित हुने आचारसंहिता उल्लंघन गर्नु पुरूषार्थ र पालन गर्नु कमजोरीका रूपमा बुझ्ने यो क्षेत्रका प्रवृत्तिहरूले आचारसंहिता पालनाको स्थिति विग्रिदै गएको छ । यस्ता प्रवृतिहरूलाई निरूउत्साही गर्न प्रेस काउन्सिलले सकृयतापूर्वक कार्य गरिरहेको छ । आज सार्वजनिक हुने परिमार्जित आचारसंहिताले यस्ता प्रवृतिलाई निरूउत्साही गर्ने विश्वास प्रेस काउन्सिलले लिएको छ ।
सञ्चारमाध्यमका व्यवस्थापक र लगानीकर्ताहरूको पत्रकारिताको गुणस्तर अभिबृद्धि गर्नुपर्ने प्रमुख कार्यलाई बेवास्ता गर्दा जनविश्वास अस्वभाविक रूपमा हस हुँदै गएको छ । सेवासुविधा बढी दिन नपरोस् भनेर योग्य, दक्ष र पुराना पत्रकारलाई विस्थापित गरी न्यून सेवा र सुविधामा पत्रकारितको सामान्य ज्ञान नभएकाहरूबाट सञ्चार माधयम संचालित गर्ने प्रवृतिले एकातर्फ पत्रकारिताको गुणस्तर गिर्दै गएको छ भने अर्कोतर्फ आचारसंहिता पालनाको स्थिति विग्रिदै गएको छ । यो स्थितिको निराकरणको लागि न्यूनतम ज्ञान र शीप भएकाहरू ले मात्र पत्रकारिता पेशाा गर्न पाउने स्थिति बनाउनको लागि पत्रकार योग्यता परीक्षणको व्यवस्था गर्न प्रेस काउन्सिलले छलफल चलाइरहेको छ ।
नेपाली पत्रकारिता क्षेत्रमा उल्लेखनिय योगदान निभाउनु हुने जुन पत्रकारहरूलाई पुरस्कृत गरिंदैछ । पुरस्कृत व्यक्तित्वहरूलाई अग्रीम बधाई तथा शुभकामना दिन चाहान्छु । यी पुररूकारबाट असल पत्रकारित ागर्नेहरूलाई प्रोत्साहन गर्ने विश्वास लिएको छ ।
अन्त्यमा सम्मानीय राष्ट्रपतिज्यू प्रेस काउनिसलको ४७ औं वार्षिक उत्सवमा समुपस्थित भएर कार्यक्रमलाई गरिमामय र सफल बनाई दिनु भएकामा हार्दिक बधाई ज्ञापन गर्दछु । त्यस्तै गरी आफ्नो अमूल्य समय दिइ कार्यक्रमलाई सफल बनाई दिनु भएकोमा माननीज्यूलाई धन्यवाद ज्ञापन गर्दछु ।
त्यसै गरी प्रेस काउन्सिलको वार्षिक उत्सवमा उपस्थित भएर हौसला बढाई दिनु भएकोमा यहाँ उपस्थित सम्पूर्ण महानुभावलाई पनि धन्यवाद दिन चाहन्छु ।

बोर्णबहादुर कार्की
अध्यक्ष, प्रेस काउन्सिल नेपाल
२०७३ असोज ६ गते ।

प्रतिक्रिया :

slot 4d

toto slot

https://fia.ub.ac.id/katalog/

toto

slot gacor

https://febi.uinsaid.ac.id/

toto slot

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah