संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

सुचनाको हकको कार्यन्वयनमा मिडियाको भूमिका बिषयक अन्तरक्रिया सम्पन्न

7 काठमाडौं/प्रेस काउन्सिल नेपाल र राष्ट्रिय सूचना आयोगको आयोजना  तथा मानवाधिकार संचार प्रतिष्ठान (इह्रिकन) को संयोजनमा असार ९ गते राजधानीमा सुचनाको हकको कार्यन्वयनमा मिडियाको भूमिका बिषयक अन्तरक्रिया सम्पन्न भयो ǁ

कार्यक्रममा आयोगका प्रमुख आयुक्त श्री कृष्णहरी बास्कोटाले पौने तीन करोड नेपालीमा १२ बाह जनाले मात्र सूचना मागको पुनरावदेन गरेको तथ्यवाट नेपालमा सूचनाको हकको उपभोगको अवस्था छर्लङ्ग भ
एको बताउनुभयो ı अहिले सवै ३१ वटा मन्त्रालयमा फोटोसहितको सूचना अधिकारीको ब्यवस्था गरिएको , पचहत्तरै जिल्लाका स्थानीय विकास अधिकारीलाई स्थानीय सरकारको वार्षिक कार्यक्रम र बजेट सार्वजनिक गर्न निर्देश गरिएको वताउनुभयो । जिल्लामा पहिले कार्यालय प्रमुखहरुको वैठक वस्थ्यो अहिले सवै कार्यालयका सूचना अधिकारीको वैठक वस्ने गरेकोले केही सुधार हुँदै गरेको प्रमुख आयुक्तको धारणा थियो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष वोर्णवहादुर कार्कीले सूचनाको हकमा नागरिकको पहुँच नभएको र नागरिकको यसप्रकारको अधिकारमा मिडियाले समन्वय गरि महत्वपूर्ण जिम्मेवारी निभाईरहेकोमा सराहना व्यक्त गर्नुभयो ।

लोकतन्त्रमा नागरिक सर्वोच्च हुन्छन्, सूचनाको हक नागरिकको अधिकार भएको भन्दै प्रशासकीय अदालतका प्रमुख श्री काशीराज दाहालले कार्यविधि झन्झटिलो भएकोले सूचनाको हकको कार्यान्वयनमा प्रभावकारिता नभएको वताउनुभयो । दाहालले सार्वजनिक हित, सुशासन कायम गर्न सूचनाको प्रवाह गर्न मिडियाको भूमिका अतुलनीय रहेको धारणा राख्नुभयो । राजनीतिक छाप र आर्थिक प्रभावले गर्दा सूचनाको अधिकार कुन्ठित भएको र मिडियाले नागरिकको सुचनाको पहुँचलाई वृद्धि गर्न नसकेको यथार्थता श्री डा. सुरेश आचार्यले वताउनुभयो ।IMG_1863

कार्यक्रममा मानवअधिकार सञ्चार प्रतिष्ठानका अध्यक्ष श्री अमृता लम्साल र मिडिया सेन्टर नेपालका संयोजक श्री गोबिन्द आचार्यले सूचनाको हकसम्वन्धि राष्ट्रिय अन्तरराष्ट्रिय अभ्यास, अनुभवलाई समेटेर कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष श्री डा. महेन्द्र विष्ट, मधेशी पत्रकार समाजका श्री मोहन सिंह, एनपीआईका श्री तीर्थ कोइराला, लोकतान्त्रिक छापामाध्यम सञ्जालका श्री दामोदर प्रसाद दवाडी, दिव्यचक्षु साप्ताहिकका श्री पद्मभक्त खरेल, सूचना आयोगका श्री आयुक्तद्वय यशोदा तिम्सिना, श्री किरण पोखरेल लगायतले धारणा राख्नुभएको थियो । कार्यक्रममा ७० जनाको सहभागिता रहेको थियो ı

प्रतिक्रिया :