संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

गणतन्त्रको संस्थागत विकासमा मिडियाको भूमिका

काठमाडौँ\प्रेस काउन्सिल नेपालको आयोजनामा मिति २०७३ जेठ १४ गते काउन्सिलमा आयोजित गणतन्त्रको संस्थागत विकासमा मिडियाको भूमिका बिषयक अन्तरक्रियाका बक्ताहरूले गणतन्त्रको  आभाष हुन नसकेको र सर्बप्रथम मिडियाको संस्थागत विकास हुनुपर्नेमा जोड दिएका थिए !

IMG_1119
कार्यक्रमका प्रमुख अतिथि मासंचारमन्त्री शेरधन राईले आन्दोलनरत पक्षप्रति इंगित गर्दै संविधानका  असंसोधनीय प्रावधान बाहेक अन्य सबै बिषयमा सहमतिका लागि सरकार तयार रहेको बताउदै मिडियालाई नियन्त्रण गर्नेतर्फ यो सरकारले सोच्न नसक्ने धारणा ब्यक्त गर्नुभयो ǁ काउन्सिलका  अध्यक्ष बोर्णबहादुर कार्कीले नेपाली मिडियाले यस असाधारण घडीमा विशिष्ट भूमिका निर्बाह गर्दै प्राप्त उपलब्धीको रक्षा गर्न आग्रह गर्नुभयो ǁ

प्रेस काउन्सिल नेपालका सदस्य किशोIMG_1161र श्रेष्ठले भन्नुभयो – २०४७ सालको बहुदलीय व्यवस्थालाई संस्थागत विकास हुन नदिई दुई चार बर्षमै बद्नाम गरियो र लगत्तै माओबादी बिद्रोहले मलजल पायो ǁ अनि हामी पत्रकार चुनाबका बेला मात्र पत्रकार भयौ , अघिपछि दलका कार्यकर्ताबाट माथि हुन सकेनौ ǁ

अनि हामी सीमामा बाँधिन नसक्दा संहिताको स्खलन हुने गरेको बताउदै सिस्टम बसाउनु जरुरत भएको र गणतन्त्र भारतमा समेत राष्ट्रियता, सार्भौमसत्ता, भौगोलिक अखण्डताका बिषयमा सबै एकाकार हुने गरेका, नेपालका पत्रकारले बढ्ता स्वतन्त्रता पाएको बताउनुभयो ǁ

6 सो अवसरमा नेपाल वार एशोशिएसनका ज्ञानरत्न शाक्य, अखिल नेपाल जन सास्कृतिक महासंघकाका इश्वरचन्द्र ज्ञवाली, मधेसी पत्रकार समाजका मोहन कुमार सिंह, दैनिक पत्रिका राष्ट्रिय संजालका जेपी गुप्ता, लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय संजालका दामोदरप्रसाद दवाडी,  मिडिया एक्सन नेपालका लक्ष्मणदत्त पन्त, क्रान्तिकारी पत्रकार महासंघका कुमार शाह, जनसंघर्ष दैनिकका बालकृष्ण चापागाई, दिव्यचक्क्शु साप्ताहिकका सम्पादक पद्मभक्त खरेल लगाएतले मन्तब्य राख्नुभएको थियो ǁ उप प्रशासकीय अधिकृत दीपक खनालले संचालन गर्नुभएको थियो !

7

प्रतिक्रिया :