संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np
उजुरीका लागि इमेल:
pcnmediamonitoring@gmail.com complaint@presscouncilnepal.gov.np
सम्पर्क फोन:
+977-1-5915354

तपाईँलाई आवश्यक पर्नसक्ने :

अध्यक्ष कार्की र प्रधानान्यायाधीश श्रेष्ठबीच भेटघाट

काठमाडौं, २८ साउन  । प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की र प्रधानान्याधीश कल्याण श्रेष्ठबीच बुधबार भेटघाट भएको छ । सो क्रममा अध्यक्ष कार्कीले नवनियुक्त प्रधानान्यायाधीश श्रेष्ठलाई काउन्सिलको तर्फबाट बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।

 सोही अवसरमा छापामाध्यमहरुको राष्ट्रिय सञ्जाल नेपालको महासचिव समेत रहनुभएका काउन्सिल सदस्य किशोर श्रेष्ठले अदालतमा पत्रकारसँग सम्बन्धित विचाराधीन मुद्दाहरुको छिटोछरितो टुंगो लाग्ने विश्वास व्यक्त गर्नुभयो ।
प्रधानन्यायाधीश श्रेष्ठले प्रेस जगत र अदालत स्वतन्त्रताका संरक्षक संस्था भएकाले उनीहरु एक अर्काका प्रतिस्पर्धी र वैकल्पिक संस्था हुन नसक्ने बताउँदै त्यसको संरक्षण गर्नु दुवैको साझा उत्तरदायित्व भएको विचार राख्नुभयो । अदालतमा प्रेसविरोधी मुद्दाहरु उल्लेख्य संख्यामा नरहेको भन्दै उहाँले अदालतले सदैव मिडिया मैत्री दृष्टिकोchiefjusticeण लिनेमा आश्वास्त पार्नुभयो । स्वतन्त्र प्रेसको निर्वाध उपयोग गर्न पाउने मुलुकहरुको सूचीमा नेपाल रहेको बताउँदै प्रधानान्यायाधीश श्रेष्ठले नेपाली प्रेसले वैज्ञानिकता र संयमता भने अपनाउन जरुरी रहेको बताउनुभयो ।

प्रतिक्रिया :