संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np

तपाईँलाई आवश्यक पर्नसक्ने :

प्रेस काउन्सिल र प्रेस युनियनबीच छलफल

काठमाण्डौं । प्रेस काउन्सिल नेपालले मिडिया सम्बन्धी विभिन्न विषयमा सरोकारवाला संगठनहरुसँग छलफल गर्ने क्रममा सोमबार नेपाल प्रेस युनियनसँग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

सो क्रममा काउन्सिल अध्यक्ष बोर्णबहादुर कार्कीले पत्रकारिताको व्यावसायिक विकासको pressunionलागि संचारमाध्यम र पत्रकारलाई जिम्मेवार बनाउन, लोकतन्त्रको संस्थागत विकास र पत्रकारको हकहितको संरक्षण सम्बद्र्धन र मिडिया क्षेत्रमा हाल देखिएका समस्या समाधानका लागि काउन्सिलले गम्भीरतापूर्वक काम गरिरहेको जानकारी दिनुभयो ।

वर्तमान पत्रकार आचारसंहिता समयसापेक्ष नभएको र यसले सवै पक्षलाई समेट्न नसकेको गुनासो बढेकोले काउन्सिलले यसमा संशोधन र परिमार्जनका लागि गृहकार्य गरिरहेको स्पष्ट पार्नुभयो ।

अध्यक्ष कार्कीले व्यवसायिक पत्रकारिताको लागि पत्रकारको प्रेस परीक्षा, सञ्चार संग्रहालय, विद्युतीय तथा छापा संचारमाध्यमको अनुगमन तथा पत्रकारको क्षमता अभिबृद्धिका लागि हरेक जिल्लामा आचारसंहिता विषयका एक–एक जना प्रशिक्षक तयार पार्ने लगायतका कार्य काउन्सिलले अघि बढाइसकेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य रमेश वाग्लेले काउन्सिल पत्रकारिता क्षेत्रको अभिभावक संस्था भएपनि यसले अभिभावकत्व भूमिका निर्वाह गर्न नसकेको बताउनुभयो । काउन्सिलको वर्तमान संरचनामा व्यापक सुधार गर्न जरुरी रहेको भन्दै काउन्सिलका सदस्य नियुक्ति देखि लिएर पत्रपत्रिका बर्गिकरणमा समेत सुधार गर्न जोड दिनुभयो । यसैगरि उहाँले काउन्सिलले अनलाइन मिडियाको सूचीकरण गरेको प्रशंषायोग्य भएको भन्दै साना लगानीका मिडियाहरुको व्यवसायीकरणको लागि काउन्सिलले विशेष भूमिका खेल्नु पर्ने बताउनुभयो ।

काउन्सिल सदस्य सुदर्शन आचार्यले आचारसंहिता अनुगमन काउन्सिलको मात्र सरोकारको विषय नभई आम पत्रकारको पनि भएकोले आचारसंहिता पालनामा सर्वप्रथम पत्रकार नै गम्भीर बन्नुपर्ने विचार राख्नुभयो । यसैगरी काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालले पत्रपत्रिका बर्गीकरण गर्दा सकेसम्म विद्यमान मापदण्डको ख्याल गरिएको बताउनुभयो ।

यसैबीच युनियनका बरिष्ठ उपाध्यक्ष दिपक आचार्यले मिडियासम्बन्धी नीति, नियम, ऐन, कानुन बनाउँदा आफ्नो संगठनले काउन्सिललाई सहयोग गर्ने बताउँदै पत्रकारको परीक्षा प्रणालीका सन्दर्भमा लामो बहस गर्नुपर्ने विचार राख्नुभयो । महासचिव अजयवावु शिवाकोटीले अनलाइन, रेडियो तथा टेलिभिजन पत्रकारिताको अनुगमन र त्यसको वर्गीकरणमासमेत ध्यान दिनुपर्ने बताउनुभयो ।

छलफल कार्यक्रममा युनियनका उपमहासचिव भिष्मराज ओझा, कोषाध्यक्ष सरोज अधिकारी, केन्द्रीय सदस्यहरु राजाराम कार्की र रमेश वाग्ल लगायतले सदस्य–अध्यक्ष नियुक्तिदेखि नै काउन्सिलको पुनर्संरचना गर्नेपर्ने, साना लगानीका मिडियालाई प्राथमिकतामा राखिनुपर्ने, चोरी पत्रकारिता गर्ने पत्रकारलाई दण्डित गरिनुपर्ने, आचारसंहिता परिमार्जन गर्दा नेपाल पत्रकार महासंघ लगायत सरोकारवालाहरुसँग छलफल गर्नुपर्ने, वर्गीकरण मापदण्ड बैज्ञानिक बनाउनु पर्नेजस्ता सुझाव दिनुभएको कार्यक्रम संयोजक दीपक खनालले बताउनुभयो ।

प्रतिक्रिया :

slot 4d

toto slot

slot gacor

toto

slot gacor

slot88