संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np

तपाईँलाई आवश्यक पर्नसक्ने :

पत्रकार आचारसंहितालाई अभियानकै रूपमा लैजानुपर्छ

काठमाडौँ ३० कार्तिक ।
स्वच्छ र मर्यादित पत्रकारिताका लागि पत्रकार आचारसंहितालाई देशव्यापी अभियानका रुपमा लैजानुपर्ने सरोकारवालाहरुले बताएका छन् । प्रेस काउन्सिल नेपालको आयोजनामा नेपाल पत्रकार महासङ्घका केन्द्रीय पदाधिकारी र सदस्यसँग भएको ‘प्रेस स्वतन्त्रता र आचारसंहिता’ अन्तरक्रियामा बोल्ने वक्ताले पत्रकार आचारसंहितालाई प्रदेश र जिल्ला जिल्लामा प्रचारप्रसार गर्नुपर्ने बताए । आइतबार काउन्सिल सभाहलमा भएको कार्यक्रममा बोल्दै महासङ्घका पदाधिकारी तथा सदस्यहरुले समयानुकूल काउन्सिलको भूमिका फराकिलो बनाउन आवश्यक रहेको बताए । पत्रकार महासङ्घका प्रदेश र जिल्लास्तरका संरचनासँग सहकार्य गरेर काउन्सिलले अभियानलाई अघि बढाउनुपर्ने उनीहरुको भनाइ थियो ।
पत्रकारिता शिक्षासँगै आचारसंहितालाई पाठ्यक्रममा समावेश गरेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै वक्ताहरुले सामाजिक सञ्जालको व्यवस्थापनका लागि थप कार्य गर्नुपर्ने उल्लेख गरे । अनलाइन सञ्चार माध्यम नयाँ नयाँ प्लेटफर्मको विकास भइरहँदा पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्न सङ्घीय संरचनाअनुसार काउन्सिलको भूमिका बढाउन आवश्यक रहेको उनीहरुले औँल्याएका हुन् । सहभागीले पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) लाई पनि थप परिमार्जन गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष एवं काउन्सिल सदस्य निर्मला शर्माले काउन्सिल र महासङ्घबिच सहकार्य गरेर नै पत्रकार आचारसंहिताको प्रभावकारी कार्यान्वयन हुने प्रष्ट पार्नुभयो । काउन्सिल सदस्यहरु कुमारी निमा काफ्ले, नकुल अर्याल, बालकृष्ण अधिकारी, विजयराज अधिकारी र शन्तराम बिडारीले काउन्सिलले सम्बद्ध सबै पक्षका सुझाव ग्रहण गरेर नै अगाडि बढ्ने बताउनुभयो ।
काउन्सिल सदस्य बालकृष्ण अधिकारीले सहजीकरण गर्नुभएको कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसाल, नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, उपाध्यक्ष नितु पण्डित लगायत सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया :

slot 4d

toto slot

https://fia.ub.ac.id/katalog/

toto

slot gacor

https://febi.uinsaid.ac.id/

toto slot

slot gacor

bacan4d

slot gacor anti kalah

slot gacor anti kalah

4d slot

slot gacor anti kalah

slot gacor anti kalah

slot 4d togel

bacan4d

bacan4d

bacan4d slot

slot gacor anti kalah

bacan4d

bacansport

slot gacor anti kalah