
काठमाडौँ ।
प्रेस काउन्सिल नेपालले जेन्जी (Gen-Z) प्रदर्शनका समाचार सङ्कलनका क्रममा गोली लागेर घाइते भएका ४ जना पत्रकारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । मङ्गलबार आयोजित छलफलपछि काउन्सिलका सदस्य भीमलाल श्रेष्ठले कान्तिपुर टेलिभिजनका फोटोपत्रकार श्याम श्रेष्ठ, नयाँपत्रिका दैनिकका दिपेन्द्र ढुङ्गाना र नेपाल प्रेस डटकमका उमेश काकीलाई सहयोग रकमसहितको चेक हस्तान्तरण गर्नुभयो ।
उक्त सहयोग हस्तान्तरण कार्यक्रममा उहाँहरूले समाचार सङ्कलनका क्रममा आफूले भोगेका अनुभव सुनाउनुभएको थियो ।
सोही प्रदर्शनका क्रममा गोली लागी घाइते भएका स्वतन्त्र पत्रकार शम्भु दङ्गाल भने अस्वस्थताका कारण उपस्थित हुन सक्नुभएन ।
यसैबिच काउन्सिलले समाचार सङ्कलनका क्रममा चितवनमा दुर्घटनामा परी गम्भीर घाइते भएका पत्रकार अनिल ढकाल र सुदन पौडेललाई पनि आर्थिक सहयोग प्रदान गरेको छ ।


प्रतिक्रिया :