संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np

तपाईँलाई आवश्यक पर्नसक्ने :

३ महिनामा प्रेस स्वतन्त्रता हननका १३ घटना 

काठमाडौँ, २२ माघ ।

तीन महिनामा प्रेस स्वतन्त्रता हननका १३ घटना भएका छन् । प्रेस काउन्सिल नेपालले नियमित रूपमा गर्दै आएको मिडिया अनुगमनमा यी घटना भएको पाइएको हो । घटनाबारे काउन्सिलले आज विज्ञप्ति जारी गरेर जानकारी दिएको हो । काउन्सिलका प्रवक्ता वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालद्वारा जारी विज्ञप्तीमा धम्की/दुर्व्यवहार र पेसागत असुरक्षाका घटना सबैभन्दा बढी रहेको उल्लेख छ ।

यस्तै, धम्की/दुर्व्यवहार चार, कुटपिट/आक्रमणका तीन, पेसागत असुरक्षा दुई, कब्जा/अवरोधको एक, गिरफ्तारीको एक घटना रहेको छ । प्रदेशअनुसार सबैभन्दा बढी बाग्मती र मधेस प्रदेशमा चार/चार घटना भएका छन् । यस्तै, कर्णालीमा दुई, कोशीमा एक, गण्डकीमा एक र सुदूरपश्चिममा एक घटना भएका विज्ञप्तिमा जनाइएको छ । यो अवधिका घटनामा १५ पुरुष र तीन जना महिला पीडित भएका छन् ।

प्रेस काउन्सिलको प्रेस स्वतन्त्रता अनुगमन तथा मिडिया प्रवर्धन महाशाखाअन्तर्गत रहेको प्रेस स्वतन्त्रता अनुगमन तथा कानुन शाखाले देशभरका सञ्चार माध्यम र पत्रकारको अवस्थाबारे नियमित अनुगमनका साथै श्रमजीवी पत्रकारका उजुरी/निवेदनको सुनुवाइ गर्दै आएको छ ।

प्रतिक्रिया :