संचारग्राम, काठमाडौं info@presscouncilnepal.gov.np

तपाईँलाई आवश्यक पर्नसक्ने :

काउन्सिलद्वारा ४ वटा सञ्चार माध्यमको कालोसूची फुकुवा, ३ वटा सूचीकरणबाट हटे

काठमाडौँ २० माघ ।

प्रेस काउन्सिल नेपालले कालोसूचीमा राखी कारबाही गरेका ४ वटा सञ्चार माध्यमको कारबाही फुकुवा गरेको छ । दर्ता र सूचीकरण नभइ चलेका ५४ युट्युब च्यानल र ५ फेसबुक पेजलाई थप अनुसन्धान र कारबाहीका लागि नेपाल प्रहरीको साइबर ब्यूरोमा पठाएको छ । काउन्सिलले आइतबार एक विज्ञप्ति जारी गर्दै टिभीअन्नपूर्ण डटकम, योहो टेलिभिजन, त्रिनेत्रपोष्ट साप्ताहिक, खोजतलासअनलाइन डटकमको अवज्ञाकारी/कालोसूचीको कारबाही फुकुवा गरिएको जनाएको हो ।

काउन्सिलका सूचना अधिकारी सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिअनुसार चालु आर्थिक वर्षको साउन यता कालोसूचीमा परेका १० वटामध्ये ४ वटा सञ्चार माध्यमले क्षमायाचना गर्दै आगामी दिनमा आचारसंहिता एवं काउन्सिलको निर्देशन पालनामा प्रतिबद्धता जनाएपछि कालोसूची फुकुवा भएको हो ।

काउन्सिलको निर्देशन अवज्ञा गर्ने अन्य ६ वटा सञ्चार माध्यम एबीपीक्राइमन्यूज डटकम, सेतोखरी डटकम, कोशीपोष्ट डटकम, हेर्दाहेर्दै डटकम, दियोपोष्ट डटकम र नेपालकथा डटकमलाई कालोसूचीमा राखी थप कारबाही अगाडि बढाइएको छ । यीमध्ये एबीपीक्राइमन्यूज डटकम, दियोपोष्ट डटकम र हेर्दाहेर्दै डटकमलाई भने सूचीकरणबाटै हटाइएको छ ।

पत्रकार आचारसंहिताको पटक पटक र श्रृङ्खलाबद्ध उल्लङ्घन गरेका सञ्चार माध्यमलाई काउन्सिलले कारबाहीस्वरुप कालोसूचीमा राख्ने, सूचीकरणबाट हटाइ विज्ञापन र अन्य सुविधा रोक्न सम्बन्धित निकायमा सिफारिस गर्न सक्ने व्यवस्था छ ।

पत्रकार आचारसंहिताको दायरामा बस्ने, गल्ती सच्याउन तयार भइ सन्तुलित समाचार प्रवाह गर्ने प्रतिबद्धता सम्बन्धित सञ्चार माध्यमबाट आएपछि काउन्सिलले आफूले गरेको कारवाही फुकुवा समेत गर्दै आएको छ ।

प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले गल्ती सच्याउने तत्परता राख्नु सञ्चार माध्यमको धर्म रहेको बताउनुभयो । ‘काउन्सिलले कारबाही मात्र गर्ने होइन, गल्ती महसुस गर्दै सही र तथ्यपूर्ण समाचार सामाग्री दिने प्रतिबद्धता जनाउने सञ्चार माध्यमलाई कारबाही फुकुवासमेत गर्छ, गर्दै आएको छ ।’ अध्यक्ष बस्नेतले भन्नुभयो ।
काउन्सिलमा पछिल्लो समयमा उजुरी दर्ता हुने क्रम बढेका छन् ।

काउन्सिलमा चालु आर्थिक वर्षको माघ १५ गतेसम्म २४७ मिडियाविरुद्ध १५६ वटा उजुरी र १ वटा जनगुनासो दर्ता भएका छन् । तीमध्ये ५६ वटा गालीबेइज्जती/चरित्रहत्या/मानहानी, ८७ वटा गलत/भ्रामक/असन्तुलित/दुष्प्रचार, ४ वटा बार्गेनिङ, ९ वटा हुबहु रहेको विज्ञप्तिमा उल्लेख छ ।

काउन्सिलले पत्रकारिता गर्ने उद्देश्यले सञ्चालित युट्युब च्यानललाई व्यवस्थित तथा मर्यादित बनाउन ‘युट्युब व्यवस्थापन, सूचीकरण तथा अभिलेखीकरणसम्बन्धी कार्यविधि – २०८०’ बनाइ सोहीअनुसार अनुगमन र अभिमुखीकरण समेत गर्दै आएको छ । मिडियाद्वारा सञ्चालित युट्युब च्यानल र फेसबुक पेजसमेत नियमन भइरहेको छ । ‘यस अवधिमा हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, द्वैष फैलाउने, अपुष्ट, भ्रमपूर्ण, अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने मिडियाअन्तर्गत आबद्ध भएका सामाजिक सञ्जाल (युट्युब च्यानल) ४, फेसबुक पेज १ र अनलाइन ५ वटालाई निर्देशन र ४ वटालाई सचेत गराइएको छ ।’ विज्ञप्तिमा भनिएको छ । त्यस्तै हुँदै नभएका निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेल (Thumbnail) सहितको शीर्षक दिइ जनमानसमा भ्रम फैलाउने, त्रसित पार्ने, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गर्ने, काउन्सिलको निर्देशनलाई अनदेखा गरी गलत विवरण राखी भ्रम उत्पन्न गर्ने, मिडियाको रूपमा दर्ता/सूचीकरण नभएका ५४ युट्युब च्यानल तथा ५ फेसबुक पेजलाई नेपाल प्रहरी, साइबर ब्युरोमा पत्राचार भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया :

slot 4d

toto slot

https://fia.ub.ac.id/katalog/

toto

slot gacor

https://febi.uinsaid.ac.id/

toto slot

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah

slot gacor anti kalah